Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024
सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न मुग्लिन-पोखरा सडकका ४ ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइने बेँसीसहर-खुदी सडक कालोपत्र सकियाे   कन्सियस इनर्जी र ऊर्जा डेभलपर्सले ग्रीन हाइड्रोजन उत्पादनका लागि लगानी प्रवर्द्धनमा सहकार्य गर्ने विद्युत् विधेयक लगानीमैत्री बनाउन प्रवर्द्धककाे माग,प्रसारण लाइन निर्माणमा निजी क्षेत्रलाई प्रवेश दिन्छाैंः सभापति सिंह सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल

ऊर्जा सम्मेलनमा ४ महत्त्वपूर्ण समझदारी तथा सम्झौता,२ सय मेगावाट विद्युत सोझै भारतीय निजी कम्पनीलाई बेच्ने तयारी


काठमाडौं । काठमाडौंमा मंगलबारबाट सुरु भएको ऊर्जा सम्मेलन २०२३ मा नेपाल तथा भारतका निजी ऊर्जा कम्पनीहरूबीच विद्युत–खरिद बिक्रीसम्बन्धी महत्त्वपूर्ण समझदारी एवं समझौताहरू भएका छन् । होटल हायातमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा अन्तरदेशी विद्युत व्यापार गर्ने उद्देश्यले स्थापना भएको नेपाल पावर एक्सचेञ्ज कम्पनी र भारतको स्टिलमिण्ट इण्डिया कम्पनीबीच सम्झौता भएको छ ।

नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष कृष्ण आचार्य र स्टिलमिण्टको इण्डियाको तर्फबाट महाप्रबन्धक क्षितिज पाण्डेले हस्ताक्षर गरे । नेपाल पावर एक्सचेञ्ज इपानको सहायक कम्पनी हो ।
सम्झौता अनुसार नेपालमा मिण्ट पावर इण्डेक्स सुरु गरिनेछ । यसले विद्युत महसुल, विद्युत माग र आपूर्ति व्यवस्थापन लगायतका विषयमा जानकारी दिने मञ्चको रूपमा काम गर्नेछ । स्टिल इण्डिया भारतमा स्टिल, कोइला र ऊर्जा उद्योगको बारेमा उपभोक्तालाई जानकारी दिने मूख्य कम्पनीमध्येमा पर्छ ।

त्यस्तै, सम्मेलनमा भारतको मणिकरण पावर कम्पनी र नेपालको बिजबेल इनर्जी कम्पनीबिच विद्युत खरिदसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीअनुसार बिजबेल इनर्जीले हुम्लामा निर्माण गरिरहेको १०३. ५ मेगावाट क्षमताको चुवा खोला आयोजनाबाट उत्पादन हुने विद्युत भारतीय कम्पनी मणिकरणले खरिद गर्नेछ ।

समझदारी पत्रमा बिजबेल इनर्जीको तर्फबाट प्रबन्ध निर्देशक सुशिल पोखरेल र नेपाल पावर एक्सचेञ्ज कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक आशिष गर्ग तथा मणिकरणको तर्फबाट कम्पनीका निर्देशक प्रविण अब्राहमले हस्ताक्षर गरे । समझदारीअनुसार नेपाल पावर एक्सचेञ्ज कम्पनीले विद्युत खरिद कम्पनी मणिकरण र विक्री गर्ने कम्पनी बिजबेलबीच खरिदविक्रीको लागि मध्यस्थताको रुपमा काम गर्नेछ । सम्मेलनमा मणिकरण र कसुवा खोला जलविद्युत् आयोजनाबीच पनि समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

संखुवासभामा रहेको ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजनाले उत्पादन गर्ने थप विद्युत मणिकरणलाई बिक्री गर्नेछ । कसुवा खोलाले यसअघि नै नेपाल विद्युत् प्राधिकरणसँग ४५ मेगावाट विद्युत खरिद सम्झैता गरिसकेको छ । तर, सरकारले नीतिगत रुपमा क्यू घटाएर २५ सम्म ल्याउन सक्ने र विद्युत उत्पादन क्षमता क्षमता बढाउन सक्ने व्यवस्था गरेपछि आयोजनाले क्षमता वृद्धि गरेर ८५ मेगावाटसम्म उत्पादन गर्ने योजना बनाएको छ ।

यसअनुसार विद्युत् प्राधिकरणसँग भएको सम्झौताभन्दा बढी परिमाणको विद्युत मणिकरणलाई विक्री गरिनेछ । मणिकरणले कसुवाखोला जलविद्युत् आयोजनाबाट प्राप्त हुने विद्युतलाई दीर्घकालिन रुपमा भारतमा खपत गर्नको लागि भुमिका खेल्नेछ । त्यस्तै, यो कामको लागि नेपाल पावर एक्सचेञ्ज कम्पनीले खरिदकर्ता र बिक्रीकर्ताबीच मध्यस्थताको रुपमा भुमिका खेल्नेछ ।

यसैगरी, सम्मेलनमा फिफ्टीहर्ज प्राइभेट र ग्रीण रिसोर्सेज कम्पनीबीच पनि सम्झौता भएको छ । यी दुई कम्पनीले संयुक्त उपक्रम (ज्वाइण्ट भेञ्चर) को रुपमा हरित ऊर्जाका विभिन्न क्षेत्र आउने समस्या समाधानका लागि काम गर्नेछन् ।

विशेषगरी संयुक्त उपक्रमको कम्पनीले सौर्य र जलविद्युत आयोजनाको क्षमता र उत्पाद प्रक्षेपण, आयोजनाको क्षमता वृद्धि र आयोजनाको सम्पतिलगायतका विषयलाई व्यवस्थापन गर्ने काम गर्नेछन् । सम्झौतामा फिफ्टीहर्जको तर्फबाट कम्पनीका अध्यक्ष विनित कुमार र ग्रीण सिसोर्सेजको तर्फबाट आशिष गर्गले हस्ताक्षर गरे ।


Read Previous

४ वर्षमा पनि सकिएन अरुण-जरायोटार खानेपानी आयोजनाको काम

Read Next

‘प्रसारण पूर्वाधार तयार हुँदा नेपालको विद्युत सिंगापुरको बजारसम्म पुग्छ’

Leave a Reply

Your email address will not be published.