Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

‘अतिकम विकसित राष्ट्रको पूर्वाधारमा लगानी बढाऊ’


काठमाडौं । नेपालले विकास साझेदारहरुसँग अतिकम विकसित राष्ट्रहरु (एलडीसी) को पूर्वाधार क्षेत्रमा लगानी बढाउन जोड दिएको छ ।

दोहामा आयोजित एलडीसी सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले स्वास्थ्य, शिक्षा, प्रविधी, बैज्ञानिक तथा नवपर्वतनको क्षमता अभिवृद्धि र कृषि क्षेत्रको लागि लगानी गर्नुपर्नेमा जोड दिएको हो । नेपाली प्रतिनिधीमण्डलको नेतृत्व गरी उपप्रधानमन्त्री श्रेष्ठ कतारको राजधानी दोहा पुगेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले अतिकम विकसित राष्ट्रहरुमा उत्पादकत्व वृद्धि, दीगो उद्योगको स्थापना र निर्यातमा विविधिकरणमार्फत आर्थिक रुपान्तरणको लागि संरचनागत परिवर्तन आवश्यक रहेको बताए । ‘यस्तो परिवर्तन विना अतिकम विकसित राष्ट्रहरुले आफ्नो विकास लक्ष्य प्राप्त गर्न सक्देनन्’ उनले भने ।

अतिकम विकसित राष्ट्रहरुको अर्थतन्त्रले महामारी, द्धन्द्ध र वातावरणीय प्रकोपलगायतका ठूला विश्वव्यापी जोखिमहरु भोगिरहेको उल्लेख गरे । यसकारण पनि विकास साझेदारहरुले विकास सहयोग, लगानी र प्रविधी हस्तान्तरणलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ ।

उपप्रधानमन्त्रीले अतिकम विकसित राष्ट्रहरु वातावरणीय प्रकोपबाट सबैभन्दा बढी प्रताडित रहेको र वतावरणीय लगानी संयन्त्रमार्फत तत्काल आवश्यक स्रोत जुटाउनुपर्ने बताए । ‘यस प्रक्रियाबाट मात्र अतिकम विकसित देशहरुमा हुने क्षतिलाई सरलीकरण गर्न र अनुकुलन तथा न्युनीकरण गनृको लागि सहयोग पुग्नेछ’ उनले भने ।

नेपालले विश्वव्यपापी दीगो विकास योजनाहरुको एजेण्डा, पेरिस सम्झौतालाई प्रभावकारी कार्यान्वयनको लागि आन्तरिकीकरण गरिसकेको जानकारी दिए । त्यस्तै, सन् २०४५ भित्र कार्वन उत्सजनलाई शुन्यमा झार्ने प्रतिवद्धतालाई पनि दोहोर्याए । त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले नेपाल अतिकम विकसित देशको तहबाट विकासशील देशको तहमा स्तरोन्नति हुने प्रक्रिया अघि बढिरहेको बताए ।

सम्मेलनकै अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका छन् । भेटमा दुई पक्षीय सहयोग अभिवृद्धि र शान्ति स्थापनालगायतका विषयमा छलफल भएको छ । नेपाली प्रतिनिधीमण्डलले दोहास्थित नेपाली समुदायसँग पनि भेट गरेको छ ।


Read Previous

नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो बन्द नहुने

Read Next

तनहुँ जलविद्युत् आयोजनाकाे भाैतिक प्रगति ३४ प्रतिशत पूरा

Leave a Reply

Your email address will not be published.