Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

काम नगर्ने ठेकेदारसँग सम्झौता तोड्न स्थानीय बासिन्दाको माग


खोटाङ । साकेला गाउँलिकाका स्थानीय बासिन्दाले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडकखण्ड कालोपत्र योजनाको ठेक्का तोड्न माग गरेका छन् ।

निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभी, काठमाडौँको ढिलासुस्तीका कारण सडक कालोपत्रको काम अलपत्र परेको जनाउँदै वडा नं १ बाँझेच्यानडाँडाका स्थानीय बासिन्दाले नयाँ निर्माण कम्पनीलाई ठेक्का दिने गरी ठेक्का सम्झौता रद्द गर्न माग गरेका हुन् ।

बाँझेच्यानडाँडाका तीन सय तीनको हस्ताक्षरसहितको ज्ञापनपत्र आइतबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईमार्फत मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलीखेल, काभ्रेलाई पठाउँदै भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभीबाट सडक कालोपत्रेको बाँकी काम सम्पन्न गर्ने कुनै छाँट नदेखिएकाले ठेक्का तोड्नुको विकल्प नभएको स्थानीय बासिन्दाले बताएका छन् ।

मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको अवस्थामा स्थानीय बासिन्दाले सो निर्णयमा फेरबदल नगर्न ध्यानाकर्षण गराएका हुन् ।

स्थानीय बासिन्दाको तर्फबाट पूर्वशिक्षक रघुनन्द राईले बुझाउनुभएको ज्ञापनपत्रमा भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाई जेभीकै पक्षमा पुनः म्याद थप भए सडक कालोपत्रको काम थप अलपत्र पर्ने दावी गरिएको छ । चार पटक म्याद थप हुँदा पनि कालोपत्रको काम गर्न नसकेको ठेकेदारबाट थप कामको अपेक्षा गर्न सकिने अवस्था नभएको उनीहरुले बताएका छन् ।

भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्दिसाईले २०७५ फागुन ३० सम्ममा सम्पन्न गर्ने गरी विसं २०७२ चैत २ गते चखेवाभञ्ज्याङ–सेखुवा सडबखण्ड कालोपत्रको सम्झौता गरेको थियो । सडक कालोपत्रको काममा ढिलासुस्ती हुँदा विशेष गरी बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या भएको जनाइएको छ ।

ठेकेदारले चखेवा भञ्ज्याङ–सेखुवा सडक कालोपत्रको काम पूरा गर्ने छाँट नदेखाएका कारण मध्यपहाडी राजमार्ग योजना कार्यालयले ठेक्का तोड्नका लागि सडक विभागसमक्ष सिफारिस गरिसकेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन २०६३ तथा नियमावली २०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरेको हो ।

दिक्तेल–चखेवा भञ्ज्याङ सडकखण्डको दिक्तेलतर्फ यसअघि नै कालोपत्र सम्पन्न भएर सञ्चालनमा छ । दिक्तेलबाट करिब ४६ किलोमिटर लामो उक्त सडकखण्ड पाँच भागमा विभाजन गरेर काम कालोपत्र सुरु गरिएको थियो ।

यस्तै, दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डकै पङ्खु खोलाको मोटरेबल पुलको पनि ठेक्का सम्झौता तोड्ने प्रक्रियामा लगिएको मध्यपहाडी राजमार्ग योजना कार्यालय, धुलिखेलका प्रमुख डिभिजन इन्जिनियर दीपेन्द्र बताए ।

सम्झौता म्याद नाघेको झण्डै चार वर्ष बित्दा पनि ठेकेदार कम्पनी सिरुवा कन्ट्रक्सन प्रालिले पुलको काम नगरेपछि ठेक्का तोड्न सडक विभागसमक्ष सिफारिस गरिएको हो । रासस


Read Previous

जीप व्यवसायीकाे मनाेमानी, ५ किलोमिटरकै २ सय रूपैयाँ भाडा !

Read Next

चीनले बनायो साढे ७ करोड नागरिकको विद्युत माग धान्ने एउटै जलविद्युत आयोजना

Leave a Reply

Your email address will not be published. Required fields are marked *