Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान    


काठमाडाैं । चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान कार्य सुरु भएकाे छ । नगरपालिकाकाे ‘उज्यालो चन्द्रागिरि’ अभियानअन्तर्गत चन्द्रागिरिभित्र सडकमा बत्ती जडान कार्य सुरु गरिएकाे हाे ।

अभियानअन्तर्गर चन्द्रागिरिभित्र ५ हजार सडक बत्ती जडान गर्ने कार्यक्रम छ । नगरपालिकाले सडक बत्ती जडान गर्न चालू आर्थिक वर्षका लागि बजेट विनियाेजन गरेकाे थियाे ।

नगरपालिकाले गत आर्थिक वर्षमा पनि कलङ्की–नागढुङ्गा–पिपलामोड सडक खण्डमा बत्ती जडान गरेको थियो । बाँकी रहेका सडकमा याे वर्ष ५ हजार बत्ती जडान गर्ने नगरपालिकाकाे याेजना छ ।

नगरपालिकाले बत्ती जडानको आवश्यकता रहेका क्षेत्रको पहिचान गरी आवेदन दिन नगरबासी समक्ष अनुराेध गरेकाे छ । सडक बत्तीसँगै प्रत्येक वडाका विभिन्न सार्वजनिक स्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान कार्य पनि चाँडै सुरु गर्ने नगरपालिकाले जनाएकाे छ ।

नगरपालिका कार्यालयका अनुसार सार्वजनिक स्थलमा सिसीटिभी तथा निःशुल्क वाइफाइ जडान कार्य लागि सम्पूर्ण खरिद प्रक्रिया सकिएकाले उचित स्थानको पहिचान गरी जडान प्रक्रिया सुरु गरिने भएकाे छ । जिपिएस र जिआइएस प्रणालीको नगर प्रोफाइलअन्तर्गत वडा र नगरपालिकाको प्रविधिमैत्री सेवा लिन निःशुल्क वाइफाइ सुविधाले मद्दत पुग्ने नगरपालिकाले जनाएकाे छ ।


Read Previous

उपयाेगी मंगलम प्रोड्रेन पाइप

Read Next

बेनी नगरपालिकाभित्र ९ कराेड लागतका पूर्वाधार आयोजना कार्यान्वयनमा

Leave a Reply

Your email address will not be published.