Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

काठमाडौंका १० स्थानमा पटके तथा आवधिक सडक मर्मत शुरु


काठमाडौं । सडक डिभिजन काठमाडौं अन्तर्गत विभिन्न १० स्थानमा सडक खण्डहरु मर्मतको काम शुरु गरेको छ ।

सडक डिभिजन काठमाडौंका प्रमुख नारायणप्रसाद निहुरेका ठेक्कामार्फत पटके तथा आवधिक मर्मत कार्य शुरु गरिएको हो । ‘अहिले पहिचान भएका स्थानबाहेकका ठाउँमा पनि क्रमश मर्मत गर्ने योजना रहेको छ’ उनले भने ।

डिभिजनले सवारी साधनकाे भीड न्यून भएकाे र रातकाे समयमा मर्मतकाे काम गरिरहेकाे छ ।

बर्खाको कारण धेरै ठाउँमा सडक विग्रीएको र त्यस्ता ठाउँ पहिचान गरेर मर्मतका काम अघि बढाइएको हो । यो कामलाई अर्को बर्खा शुरु हुनुअघिसम्म निरन्तरता दिइने प्रमुख निहुरेले जानकारी दिए ।

मर्मत भइरहेका सडक खण्डहरु:

१. विशालनगर – वालुवाटार – गैह्रीधारा
२. सिनामंगल – डिल्लीबजार –बागबजार
३. डिल्लीबजार – कालिकास्थान – न्युप्लाजा
४. बाँसवारी – बुढानिलकण्ठ
५. तिनकुने – कोटेश्वर
६. कलन्की – एलआरआइ स्कुल, स्युचाटार
७. जोरपाटी – नयाँबस्ती
८. सुकेधारा – जनचोक – कृष्ण मन्दिर – मन्डिखाटार
९. ज्ञानेश्वर – रातोपुल
१०. ताहाचल – छाउनी – स्वयम्भू लगायत अन्य केहि सडक खण्डहरु ।

सडक मर्मतका केही तस्बिरः

 


Read Previous

मेलम्चीको पानी काठमाडौं पठाउन काम सुरु

Read Next

ऊर्जामा मुख्य दलका तीन चुनावका घोषणापत्रः लोकप्रियताका लागि योजनामा उदार, कार्यान्वयनमा गैरजिम्मेवार

Leave a Reply

Your email address will not be published.