Nepal Purbadhar

निजी क्षेत्रको अवस्था अध्ययन गर्न महासंघ र आईएफसीबीच सहकार्य गर्ने सहमति


काठमाडौ । र नेपाल उद्योग वाणिज्य महासंघ र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच नेपाली निजी क्षेत्रको अवस्थाको मूल्याङ्कन गरी निजी क्षेत्रले अर्थतन्त्रमा पु¥याएको योगदानबारे अध्ययनका लागि सहकार्य गर्ने सहमति भएको छ ।

निजी क्षेत्रको अवस्था अध्ययन गरी निजी क्षेत्रको विकासमा नीति निर्माताहरूलाई जानकारी गराउने उद्देश्यसहित आईएफसी र महासंघबीच सहमति भएको थियो । आईएफसीले महासंघसँगको सहकार्यमा एक संयुक्त प्रतिवेदन तयार गर्नेछ । प्रतिवेदनमा देशमा निजी क्षेत्रको लगानीबाट मुलुकको विकासमा पारेको प्रभावका बारेमा तथ्याङ्क, अवधारण, विश्लेषण र नीतिगत सुझावहरू प्रस्तुत गर्नेछ । यस कार्यले, सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाहरूबीच निजी क्षेत्रको विकासका सवालहरूबारे नीतिगत बहसका लागि आवश्यक जानकारी उपलब्ध गराउने उद्देश्य लिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालका विकास सम्बन्धी लक्ष्यहरू हासिल गर्नका लागि निजी क्षेत्रको थप विकास तथा सुदृढीकरण आवश्यक रहेको बताउँदै प्रतिवेदन निजी क्षेत्रको लागि महत्वपूर्ण हुने बताए । ‘

आईएफसीका अन्तर्राष्ट्रिय वित्त निगमका नेपालका लागि आवासिय प्रतिनिधि बाबाकार एस. फायेले सार्वजनिक–निजी क्षेत्रबीचको नीतिगत बहसलाई थप सुसुचित गर्नुका साथै नेपाली नागरिकहरूको हितका लागि निजी क्षेत्रले विकासमा पार्ने प्रभाव अभिवृद्धि गर्न निजी क्षेत्रको अवस्थाबारे सघनरूपमा अनुसन्धान गरिएको विश्लेषणात्मक आवधिक प्रतिवेदन महत्वपूर्ण हुने बताए ।

Facebook Comments

Read Previous

९ सय आरोहीले लिए हिमाल आरोहणको अनुमति,७ करोड बढी राजश्व संकलन

Read Next

भारतीय पक्षले चासाे नदिँदा नेपालगञ्ज सीमा नाकाकाे सुक्खा बन्दरगाह निर्माण अलपत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar