निर्माण व्यवसायीको आन्दोलनमा प्रमुख दलका नेताहरूको ऐक्यबद्धता
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको जारी आन्दोलनमा प्रमुख दलहरूले ऐक्यबद्धता जनाएका छन् । महासंघले विहिवार आयोजना गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दलका नेताहरूले महासंघका जायज माग तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराए ।