Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

८ करोडमा बनेको सभागृह प्रयोगविहिन


कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सभागृह प्रयोगविहिन अवस्थामा छ। पाँच वर्ष अघि आठ करोड ५१ लाख रुपैयाँमा बनेको उक्त सभागृह हालसम्म पनि प्रयोगमा आउन सकेको छैन।

तीनतले सुविधा सम्पन्न सभागृहमा भूमिगत पार्किङको सुविधा छ। सभागृह सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर अन्यत्र निजी हल र होटेल प्रयोग गर्नुपरेको छ। तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सभागृह निर्माण गरेको हो। हाल उक्त सभागृह भीमदत्त नगरपालिका मातहत छ। नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह उद्देश्यअनुरुप प्रयोगमा आउन नसकेको बताए।

‘सभागृहलाई नगरपालिकाले भूमिहिन र सुकुम्बासीको लगत लिने कार्यालयका रुपमा सञ्चालन गरेको छ,’ उनले भने, ‘अब छुट्टै कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी छ।’

सभागृह सञ्चालनबारे नगरपालिकाले आवश्यक मापदण्ड बनाउन सकेको छैन। करोडौँ रकम खर्चेर निमार्ण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग छ। ‘महेन्द्रनगरमा कुनै कार्यक्रम आयोजना गर्नुपरेमा चर्को शुल्क तिरेर होटेल जानुपर्ने बाध्यता छ,’ स्थानीय कृष्ण भट्टले भने।

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघामा बनेको उक्त सभागृह अपाङ्गमैत्री छ। सभागृह एक हजार जना अटाउने क्षमताको छ। ‘सभागृहमा अन्य कार्यालय सञ्चालन गरिनु हुन्न,’ स्थानीय नरेश पाण्डेयले भने, ‘सभागृहको एकदमै आवश्यकता भएरै निर्माण गरिएको हो।’

विसं २०६५ मा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी छ करोड ८१ लाख रुपैयाँमा सभागृह निर्माणको सम्झौता भएको थियो। सम्झौता हुँदाको लागत अनुमान र डिजाइन परिवर्तनपछि ठेक्का रकम बढाइएको थियो।


Read Previous

धारो छ, पानी छैन

Read Next

अर्थतन्त्रको समस्या समाधान गर्न प्रयत्नरत छु : अर्थमन्त्री

Leave a Reply

Your email address will not be published.