नदी तर्न शुल्क तिर्ने लालझाडीवासी भन्छन्-‘कहिले बन्ला पक्की पुल ?’
बेदकोट : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ देखतभुलीकी प्रेमा रानालाई दिनहुँ दोदा नदी तर्नुपर्छ । उनी लालझाडी गाउँपालिका–२ स्थित सिद्धबैजनाथ माध्यमिक विद्यालयकी शिक्षक हुन् । विद्यालय आउ–जाउका लागि दोदा नदी पार गर्न काठे पुलको सहारा लिन्छिन् प्रेमा