Nepal Purbadhar

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024

मङ्लबार, बैशाख १८, २०८१
Tuesday, April 30, 2024
फलेबासकाे थापाठाना गाउँका ६ सय घरधुरीलाई विद्युतीय चुल्हो वितरण    उद्योग विभागद्वारा ४ परियाेजनाकाे ९ अर्ब १३ करोड रुपैयाँ बराबरकाे लगानी स्वीकृत    तनहुँकाे व्यासमा सडक स्तरोन्नति गर्न ठेक्का सम्झौता    म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण    लगानी प्रवर्द्धन गर्न अनुकूल र प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरेको सन्देश दिँदै सकियाे तेस्राे लगानी सम्मेलन लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी   

वितरण केन्द्र स्थापनापछि सुनापति क्षेत्रका ५ हजार ग्राहकलाई सुविधा


काठमाडौं । रामेछाप जिल्लाको सुनापति ४, डहुमा उप वितरण केन्द्रको स्थापना भएको छ । केन्द्रको स्थापनासँगै यस क्षेत्रका ५ हजार विद्युत उपभोक्तालाई सुविधा पुगेको छ ।

यसअघि विजुलीको बिल तिर्न जिल्ला सदरमुकाम रामेछाप जानुपर्ने बाध्यता अब हटेको रामेछाप वितरण केन्द्र प्रमुख कृष्णहरि दाहालले बताए । ‘यसको साथै विद्युत लाइन विग्रीएमा मर्मत सम्भार गर्ने व्यवस्थासमेत गरिएको छ’ उनले भने । यस वितरण केन्द्रको स्थापनाले यस क्षेत्रमा गुणस्तरीय विद्युत उपलब्ध गराउन सहयोग पुग्नेछ ।

उपकेन्द्रको उद्घाटन नेपालका लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमान चौधरी र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरे । उपकेन्द्रको उद्घाटन गर्न पुगेका बंगलादेशी राजदुत, नेपाल विद्युत प्राधिकरणका अधिकारीलगायतका पाहुनाहरुलाई स्थानीयले स्वागत गरेका थिए ।


Read Previous

अमरपुर-ढुंगेसाँघु र गोदक-सोयाक प्रसारण लाइन निर्माण हुने

Read Next

१० मन्त्रालयको बेरुजु मात्रै संघीय कार्यालयहरुको कुल बेरुजुको ८९ प्रतिशत (पूर्ण प्रतिवेदनसहित)

Leave a Reply

Your email address will not be published.