Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

ब्रोयडब्यान्डको पहुँच विस्तार गर्न विश्व बैकको १७ अर्ब सहायता


काठमाडौ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालमा ब्रोडब्यान्डको पहुँच विस्तार गर्न र डिजिटल अर्थतन्त्रमा धेरै मानिसको सहभागिता बढाउन करिब १७ अर्ब अर्थात १४० मिलियन डलर सहायता स्वीकृत गरेको छ ।

डिजिटल नेपाल एक्सेलेरेसन (डीएनए) परियोजनामार्फत ब्रोडब्यान्डमा पहुँच विस्तार गरी डिजिटल अर्थतन्त्रलाई बढावा दिन शुक्रबार बोर्डले यस्तो स्वीकृति दिएको हो । नेपालले डिजिटल नेपालको घोषणा गरी संघ, प्रदेश तथा स्थानीय तहमा सूचना प्रविधिमार्फत सार्वजनिक सेवा प्रवाहलाई अघि बढाएको छ तर यसका लागि थप लगानीको आवश्यकता भईरहेको बेला विश्व बैकले यस्तो सहायता गरेको हो ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले डिजिटल रुपान्तरणलाई अंगाल्ने देशहरुमा हरियो, भरपर्दो र समावेशी विकासका लागि सहायता स्वीकृति भएको जानकारी दिए । ‘जनता र व्यवसायहरूलाई सूचना, सेवा र बजारमा जोड्ने समावेशी र सुरक्षित डिजिटल अर्थतन्त्र प्रर्वदन गर्ने नेपालको लक्ष्यलाई समर्थन गर्न पाउँदा विश्व बैंक गर्व गर्दछ ।’–उनले भने ।

परियोजनाले सन् २०१९ मा सरकारले घोषणा गरेको डिजिटल नेपाल फ्रेमवर्क, देशको डिजिटल आर्थिक रणनीतिको कार्यान्वयनका लागि सहायता पुग्ने विश्व बैकले जनाएको छ । परियोजनाबाट उच्च गुणस्तरीय र किफायती ब्रोडब्यान्ड सेवाहरूमा पहुँच सुधार गर्न र ग्रामीण क्षेत्रका मानिस र व्यवसायहरू प्रर्वदनका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परियोजनाले नेपालको डाटा पूर्वाधार र साइबर सुरक्षामा सुधार मार्फत डिजिटल सरकारी सेवाहरूको प्रवाहलाई सहायता गर्ने र सुरक्षित गर्ने विश्व बैकले जनाएको छ ।

परियोजनामार्फत गरिने विशेष गतिविधिहरूले इन्टरनेट प्रयोग, डिजिटल सीप र उद्यमशीलता, महिला, जातीय र सामाजिक अल्पसंख्यकहरू र अपाङ्गता भएका व्यक्तिहरूद्वारा डिजिटल सेवाहरूमा पहुँच बढाउन सहयोग पुग्ने लक्ष्य राखिएको छ । परियोजनाले डिजिटल सीप विकास तालिम प्रदान गरी करिब १ हजार ५ सय व्यक्तिलाई राम्रो रोजगारीको अवसर सिर्जना गर्ने पनि विश्व बैकले जनाएको छ ।

नेपालमा पहिलो विश्व बैंकको आर्थिक सहयोगमा सन् १९६९ मा दूरसञ्चार परियोजनाका अघि बढेको थियो । परियोजनाले उच्च गतिको ब्रोडब्यान्ड कनेक्टिभिटी र डिजिटल सीप र सेवाहरूमा लगानी गरेर नेपालको आर्थिक बृद्धिको विकासलाई प्रोत्साहन गर्ने तथा यसले जनता र उनीहरुको व्यवसायलाई थप प्रतिस्पर्धी र विश्वव्यापी डिजिटल अर्थतन्त्रमा एकीकृत गर्न सहयोग पुर्याउने विश्व बैकका टास्क टिम लिडर सिद्धार्थराजाले जानकारी दिए ।


Read Previous

सीप, पुँजी र उद्यमशिलता नेपालमा उपयोग गर्न प्रधानमन्त्रीको गैरआवासीय नेपालीलाई आह्वान

Read Next

नेपालको जलविद्युत महंगाे छैन,अन्तरदेशीय बजारमा प्रतिस्पर्धा गर्न सक्छ

Leave a Reply

Your email address will not be published.