
काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा खसेको सुख्खा पहिरोका कारण नारायणगढ-मुग्लिङ सडकखण्डमा मंगलबार दिउँसो लामो सवारी जाम भएको छ।

पहिरो पन्छाएर सडकमा आवागमन खुलाइए पनि साँघुरो सडक, पुल र सवारी साधनको अत्यधिक चापका कारण घोप्टेभीरको दुवैतर्फ लामो जाम लागेको हो।

तिहार मनाउन काठमाडौं जाने र काठमाडौं छोडेर अन्य शहरतर्फ लागेका यात्रु सवारी जाममा फसेका छन्। पहिरो हटेपछि पनि सडकको सीमित क्षमता र सवारी चापका कारण यातायात सहज हुन सकेको छैन।

तस्बिर : निशा श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी


