Nepal Purbadhar

काठमाडौंका विभिन्न क्षेत्रमा एक सातासम्म विद्युत् आपूर्ति बन्द हुने


काठमाडौंका विभिन्न क्षेत्रमा एक सातासम्म विद्युत् आपूर्ति बन्द हुन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् वितरण लाइन भूमिगत गर्ने कामका लागि एक सातासम्म विद्युत् आपूर्ति बन्द गर्ने भएको छ।

प्राधिकरणअन्तर्गत कुलेश्वर र बानेश्वर वितरण केन्द्रका विभिन्न फिडरमा पर्ने क्षेत्रमा विद्युत् लाइन भूमिगत गर्ने काम गर्न लागिएको हो। प्राधिकरणका अनुसार बिहान १०:३० बजेदेखि सुरु हुने विद्युत् आपूर्ति बन्द साँझ ५ बजेसम्म जारी रहनेछ।

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार विभिन्न मिति र फिडरअनुसार प्रभावित हुने क्षेत्रहरू यसप्रकार छन्।

१. २०८३ असोज १३ गते

  • फिडर: बलम्बु, थानकोट तथा मातातीर्थ
  • प्रभावित क्षेत्र: राई भिजन कोलोनी

२. २०८३ असोज १४ गते

  • फिडर: सितापाइला
  • प्रभावित क्षेत्र: कलंकी रिङरोडदेखि न्युरोड सबस्टेसन क्षेत्र

३. २०८३ असोज १४ गते

  • फिडर: कलंकी, थानकोट तथा रोपवे
  • प्रभावित क्षेत्र: कलंकी चोकदेखि ढुंगेअड्डा

४. २०८३ असोज १६ गते

  • फिडर: बाफल
  • प्रभावित क्षेत्र: कलंकी रिङरोडदेखि न्युरोड सबस्टेसन क्षेत्र

५. २०८३ असोज १७ गते

  • फिडर: रत्नपार्क
  • प्रभावित क्षेत्र: थापाथलीदेखि बिजुली बजार

६. २०८३ असोज १८ गते

  • फिडर: सतुंगल
  • प्रभावित क्षेत्र: धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र

७. २०८३ असोज १९ गते

  • फिडर: न्युरोड एमएसएस
  • प्रभावित क्षेत्र: हनुमानढोका क्षेत्र

८. २०८३ असोज २० गते

  • फिडर: सतुंगल
  • प्रभावित क्षेत्र: धौलागिरि आवास तथा मातातीर्थ पीएसएस क्षेत्र

प्राधिकरणले मौसम प्रतिकूल भएमा निर्धारित कार्यतालिका परिवर्तन हुन सक्ने जनाएको छ।

विद्युत् आपूर्ति अवरुद्ध हुँदा उपभोक्तामा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।


Read Previous

बाजुरामा फाइबर तार काटिँदा इन्टरनेट र टेलिफोन सेवा प्रभावित

Read Next

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar