Nepal Purbadhar

ऊर्जा तथा जलविद्युत् क्षेत्रमा योगदानका लागि कार्कीलाई ‘इनर्जी लिडरसिप एक्सिलेन्स अवार्ड २०२६’ प्रदान


काठमाडौं । ऊर्जा मन्त्रालयका सल्लाहकार, इप्पानका निवर्तमान अध्यक्ष तथा उद्यमी गणेश कार्कीलाई नेपालको ऊर्जा तथा जलविद्युत् क्षेत्रमा गरेको योगदानका लागि ‘Energy Leadership Excellence Award 2026’ प्रदान गरिएको छ। पुर्व राष्ट्रपति रामवरण यादवले पुरस्कार प्रदान गरेका हुन् ।

अवार्ड प्राप्त गरेपछि कार्कीले आफूलाई प्रदान गरिएको सम्मानका लागि आयोजकप्रति आभार व्यक्त गरेका छन् । उनले नेपालमा ऊर्जा तथा जलविद्युत् क्षेत्रको विकासमा आफ्नो योगदानको कदर गर्दै प्रदान गरिएको यस सम्मानलाई आफूले सम्मानका रूपमा लिएको बताएका छन्।

उनले नेपालमा ऊर्जा क्षेत्रको दिगो विकासका लागि आगामी दिनमा पनि निरन्तर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै, ऊर्जा तथा जलविद्युत् क्षेत्रको दिगो विकास र विस्तारमा आफ्नो भूमिका थप प्रभावकारी बनाउँदै लैजाने बताएका छन्।

नेपालको जलविद्युत क्षेत्रको विकास र निजी क्षेत्रको लगानीको कुरा गर्दा आज एउटा नाम अग्रपङ्क्तिमा आउछ- त्यो नाम हो गणेश कार्की।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालका पूर्व अध्यक्ष कार्कीको परिचय अहिले एक सफल जलविद्युत उद्यमी र ऊर्जा क्षेत्रका प्रखर वक्ताका रूपमा स्थापित छ । तर, यो उचाइ रातारात प्राप्त भएको होइन । यो त झापाको सामान्य किसानको छोरोले काठमाडौँको सडकमा गरेको सङ्घर्ष, कराँतेको मैदानमा बगाएको पसिना र व्यावसायिक उतारचढावमा देखाएको धैर्यताको एउटा जीवन्त दस्तावेज हो।


Read Previous

बर्खाको रुप्से झरना (तस्बिर)

Read Next

भोटेकोशी बाढीपीडित १०० घरधुरीलाई ताराङ नेपाल र पिस विन्ड्स जापानको राहत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar