Nepal Purbadhar

ग्यासको माग गर्दै सिंहदरबार दक्षिण गेटमा प्रदर्शन- (तस्बीरहरू)


काठमाडौं । ग्यासको सहज आपूर्ति र अभाव अन्त्यको माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेका छन्।

विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै विद्यार्थी तथा सर्वसाधारणले भोग्दै आएको खाना पकाउने ग्यासको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गरेका छन्।

उनीहरूले बजारमा पर्याप्त ग्यास उपलब्ध गराउन तथा कालोबजारी र कृत्रिम अभाव नियन्त्रण गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन्।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

भोटेकोशी बाढी विश्वमै विरलै देखिने विपत्ति हो : टनेल विशेषज्ञ डिक्स

Read Next

बाढी प्रभावित क्षेत्रमा टेलिकमको फाइबर नेटवर्क, पहिलो चरणको सेवा पुनःसञ्चालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar