Nepal Purbadhar

भोटेकोशी बाढीपछि ११७ पर्यटकको उद्धार, ६ सयभन्दा बढी अझै सम्पर्कविहीन


काठमाडौं। भोटेकोशी बाढीका कारण अलपत्र परेका ११७ पर्यटकको उद्धार गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

बोर्डका अनुसार उद्धार गरिएका पर्यटकमध्ये ८५ भारतीय, १६ चिनियाँ र ९ कोरियाली नागरिक छन्। यस्तै, २ अमेरिकी र २ इटालियन पर्यटकको समेत उद्धार गरिएको छ।

उद्धार गरिएका अन्य ३ जनाको भने पहिचान खुल्न सकेको छैन।

भोटेकोशी बाढीपछि अझै ६ सयभन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको जनाइएको छ। ट्रेकिङ तथा टुर कम्पनीहरूका अनुसार कैलाश मानसरोवर यात्रामा निस्किएका धेरै पर्यटक सम्पर्कविहीन छन्।

पर्यटकको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायले प्रयास जारी राखेका छन्।


Read Previous

अपर त्रिशूली-३ ‘ए’ का फसेका कर्मचारी उद्धारका लागि टनेल खोलिदै

Read Next

भारतले नेपालमा थप राहत पठाउने तयारी गरिरहेको विदेशमन्त्री जयशंकरको भनाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar