Nepal Purbadhar

नाडा शोबाट अवतार ०७ नेपालमा सार्वजनिक, मूल्य २ करोड २० लाख रुपैयाँ


काठमाडौं । प्रिमियम इलेक्ट्रिक एसयूभी अवतार ०७ नेपाली बजारमा सार्वजनिक भएको छ। नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले नाडा अटो शो २०२६ मार्फत अवतार ०७ सार्वजनिक गरेको हो।

अवतार ०७ को इलेक्ट्रिक भेरियन्टमा ८२.१६ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री प्रयोग गरिएको छ। कम्पनीका अनुसार यसले एकपटक फुल चार्जमा ६५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिन्छ।

रियर ह्वील ड्राइभ भेरियन्टमा २५२ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर रहेको छ। यसले ३४३ पीएस पावर तथा ३६५ एनएम टर्क उत्पादन गर्छ। गाडीले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ६.३ सेकेन्डमा पूरा गर्ने र अधिकतम गति २०० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जनाएको छ।

फ्युचरिस्टिक र प्रिमियम डिजाइन दिइएको अवतार ०७ मा डिस्क–विङ फेस, एलईडी स्टार–टुर फ्रन्ट लाइट सिस्टम तथा कुपे शैलीको एसयूभी डिजाइन छ। यसको डिजाइन जर्मनीको म्युनिखस्थित ग्लोबल डिजाइन सेन्टरबाट विकास गरिएको हो।

गाडीमा ठूलो इन्फोटेनमेन्ट डिस्प्ले, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, स्मार्ट कनेक्टिभिटी, वायरलेस चार्जिङ र प्रिमियम इन्टेरियरलगायत सुविधा छन्। सुरक्षातर्फ ९ ओटा एयरब्याग, एडीएएस, ३६० डिग्री क्यामेरा र ड्राइभर मनिटरिङ सिस्टमलगायत सुविधा दिइएको छ।

एमएडब्लू वृद्धिले अवतार ०७ का विभिन्न भेरियन्टको मूल्य २ करोड २० लाख रुपैयाँदेखि २ करोड ३० लाख रुपैयाँसम्म तोकेको छ।


Read Previous

पोखराका ३२५ भूमिहीन अर्को साता स्थानान्तरण हुने, पाँच दशकपछि बन्ला अत्याधुनिक बसपार्क?

Read Next

नाडा अटो शोमा एमहिरो-१ को प्रिमियर, १ हजार ०८८ एचपी पावरसहितको इलेक्ट्रिक एसयूभी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar