Nepal Purbadhar

१८औँ संस्करणको नाडा अटो शो २०२६ काठमाडौंमा सुरु- तस्बीरमा हेर्नुहोस्


काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा १८औँ संस्करणको नाडा अटो शो २०२६ सुरु भएको छ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले मंगलबार अटो शोको उद्घाटन गरे।

अटो शोमा पाँच दर्जनभन्दा बढी विश्वस्तरीय अटोमोबाइल ब्रान्डका प्यासेन्जर सवारीसाधनका साथै कमर्सियल सेग्मेन्टअन्तर्गत ईभी माइक्रो, भ्यानदेखि ठूला कमर्सियल सवारीसाधनसम्म प्रदर्शनमा राखिएका छन्।

प्रदर्शनीमा हुन्डाई, टाटा, बीवाईडी, दिपल, लिपमोटर, बीएआईसी, होङ्छी, अवतार, एवान, चांगन, चेरी, जिली र स्काइवेललगायतका ब्रान्डका उत्पादन राखिएका छन्। त्यस्तै, रोयल इन्फिल्ड, यामाहा र होन्डालगायतका दुईपांग्रे सवारीसाधनका विभिन्न मोडलसमेत प्रदर्शनमा छन्।

यसपटकको नाडा अटो शोमा नेपालमै बनेको सिप्रदी–यात्री नेपालको उत्पादन ‘यात्री पी–२’ समेत प्रदर्शनमा राखिएको छ। अटोकम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा एसेसरिजका कम्पनीहरूको समेत उल्लेख्य सहभागिता रहेको नाडाले जनाएको छ।

प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहेका छन्। त्यस्तै, १० ओटाभन्दा बढी बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको छ।

आजदेखि सुरु भएको अटो शो भदौ १४ गतेसम्म ६ दिन सञ्चालन हुनेछ। अटो शो अवधिमा अटोमोबाइलसम्बन्धी नीतिगत बहस, लगानी, अटो बीमा, सडक पूर्वाधार, सरकारी नीति, नयाँ सवारीसाधनको बढ्दो आगमन तथा रोजगारीका विषयमा विशेष छलफल कार्यक्रमसमेत आयोजना गरिने नाडाले जनाएको छ।

तस्बिरहरू: सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी


Read Previous

फोहोर व्यवस्थापनलगायत विषयमा प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

Read Next

देशभर सात सडकखण्ड अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar