Nepal Purbadhar

एफएनसीसीआईको साधारण सभा र चुनाव रोकियो


काठमाडौं । उच्च अदालत पाटनले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ, काठमाडौंको निवेदनमा अन्तरिम आदेश जारी गरेको छ।


संयुक्त इजलासका न्यायाधीश खड्कबहादुर केसी र दीपक खनालको इजलासले चैत २६ गते दिएको आदेशमा विपक्षी नेपाल उद्योग वाणिज्य महासंघसमेतका नाममा तत्काल साधारण सभा नगर्न/नगराउन अन्तरिम आदेश जारी गरेको हो।
अदालतले यसअघि २०८१ फागुन १६ गतेको उत्प्रेषण परमादेश रिट निवेदनमा जारी आदेशबमोजिम निर्णय नभएसम्म विपक्षी संस्थाको साधारण सभाबाट निवेदकलाई असर पर्ने कुनै निर्णय नगर्न स्पष्ट निर्देशन दिएको छ।

यो सगै उद्योग बाणिज्य महासंघको चैत २९ र ३० गतेको निर्वाचन रोकिएको छ ।


निवेदकका तर्फबाट अधिवक्ता ज्वालाल भण्डारी, त्रितम घिमिरेलगायतले बहस गरेका थिए भने विपक्षीका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर सुवेदी, लीलामणि पौडेल, खगेन्द्रबहादुर राउत तथा अधिवक्ताहरू दीपक घिमिरे, सुमनकुमार केसी र चन्द्रमणि निरौलाले बहस गरेका थिए।


अदालतले आदेशको जानकारी विपक्षीहरूलाई नियमअनुसार दिन पनि निर्देश गरेको छ।


Read Previous

श्रममन्त्री साह पदमुक्तः प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

Read Next

पेट्रोलियम पदार्थमा भारी मूल्यवृद्धि, पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar