Nepal Purbadhar

साँगामा यसरी बन्दैछ अन्डरपास


काठमाडौ । करिब तीन वर्षदेखि ६ लेनमा स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडक खण्डमा अहिले धमाधम काम भइरहेको छ।

अहिले यो सडक दुई लेनको रहेको छ। यही सडक खण्डको साँगा उकालोमा अन्डरपास निर्माण भइरहेको छ । आयोजनाका अनुसार अन्डरपासको कुल लम्बाइ १ हजार ११० मिटर रहेको छ।

अन्डरपासमा बनेपातर्फ १९० मिटर र भक्तपुरतर्फ ९०० मिटर एप्रोच सडक समावेश गरिएको छ। यसको उचाइ ६ मिटर र चौडाइ १०.५ मिटर रहनेछ। साथै अन्डरपासभित्रै २० मिटरको पुल पनि निर्माण गरिनेछ ।

तस्बिरहरु: बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी


Read Previous

इन्धनको मूल्य ह्वात्तै बढ्यो: पेट्रोल १५ र डिजेल १० रुपैयाँ महँगियो

Read Next

काठमाडौँको वायु गुणस्तरमा सुधार, हल्चोक क्षेत्रबाट यस्तो देखियो उपत्यका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar