Nepal Purbadhar

काठमाडौं उपत्यकामा बढ्यो वायु प्रदुषण


काठमाडौ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । पछिल्ला ३ दिनदेखि उपत्यकामा वर्षा हुन सकेको छैन् जसकारण आकाश धुम्मिँदै जाँदा वायु प्रदूषण बढेको वातावरण विभागले जानकारी दिएको छ ।

लामो समयदेखि वर्षा हुन नसकेको र हावा चल्न पनि छाडेका कारण उपत्यकाको वायुमा प्रदूषण बढेको हो ।

आजको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) अनुसार उपत्यकामा दिउँसोसम्म काठमाडौं उपत्यकाको वायु गुणस्तर सूचकांक १८६ पुगेको छ । यो सँगै काठमाडौं विश्वको चौथो प्रदूषित सहरका रूपमा सूचीकृत भएको छ ।

एक्यूआईको मापदण्डअनुसार शून्यदेखि ५० सम्म ‘राम्रो’ मानिन्छ भने ५१ देखि १०० सम्म ‘सचेत रहनुपर्ने’ श्रेणीमा पर्दछ । त्यस्तै, १०१ देखि १५० ‘अस्वस्थ’ मानिन्छ, जसले विशेषगरी श्वासप्रश्वास तथा मुटु रोगीलाई असर गर्ने भएकाले सचेतना अपनाउन विभाग सल्लाह दिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी


Read Previous

अमरेशका भतिजले सर्लाहीमा कांग्रेस नेतामाथि गरे आक्रमण, घाइते नेता अस्पताल भर्ना

Read Next

निजी क्षेत्रप्रति कुदृष्टि : आरसीओडी २ वर्ष थपिने हाइड्रोको ८० प्रतिशत बिजुली मात्रै प्राधिकरणले किन्ने!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar