Nepal Purbadhar

तेस्रो तिहार फ्लोरा एक्स्पो सुरु,७० बढी स्टल


काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आजदेखि तेश्रो तिहार फ्लोरा एक्स्पो सुरु भएको छ । नर्सरी व्यवसायी सङ्घ नेपालले उक्त एक्स्पोको आयोजना गरेको हो ।

एक्स्पोको प्रवर्द्धक पुष्प विकास केन्द्र र वनस्पति विभाग रहेको छ । मेलामा विभिन्न प्रजातिका फूल गमला तथा मनमोहक आकर्षक फूल लगायत कृषि प्रयोजनमा, ज्योतिको नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोटबिरुवा प्रदर्शन तथा बिक्री वितरणका लागि राखिएको छ ।


आयोजकका अनुसार मेलामा ७० वटा स्टल छन् । मेला ३५ हजार अवलोकनकर्ताले अवलोकन गर्ने साथै ५० लाख भन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

मेला अवलोकन गर्न सर्वसाधारणका लागि प्रवेश शुल्क प्रति व्यक्ति रु १०० र ज्येष्ठ नागरिकको लागि प्रति व्यक्ति रु ५० विद्यार्थीहरूको लागि निःशुल्क रहेको छ ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

विशेष अफरसहित आगामी बिहीबारबाट वीरगञ्जमा दिपलको टेस्ट ड्राइभ र एक्सचेन्ज

Read Next

विद्युत नियमन आयोगका अध्यक्ष भन्छन्, ‘उद्योगीले डेडिकेटेड ट्रंकलाइनको ८ अर्ब बक्यौता तिर्नै पर्छ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar