Nepal Purbadhar

कवाडी व्यवसायीले घेरे काठमाडौं महानगर


काठमाडौं । कवाडी व्यवसायी समाजले सोमबार कमलादीस्थित काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्।

कवाडी व्यवसायीहरूले विभिन्न माग राख्दै महानगर घेराउ गरेका हुन् ।

संविधानले दिएको पेशा व्यवसाय गर्न पाउने हक अधिकारको ग्यारेन्टी गर्नुपर्ने, कवाड व्यवसायी, संकलक र मजदुरमाथि काठमाडौँ महानगरबाट भइरहेको कुटपिट, अपहरण, ज्यादती, र संरचना भत्काउने कार्यहरू तत्काल रोकिनुपर्ने, ज्यादतीमा संलग्न काठमाडौँ महानगर प्रहरीलाई कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

त्यसैगरी कवाड व्यवसायी, संकलक र मजदुरको जिउ–धनको सुरक्षा सुनिश्चित गर्न सरकारले तत्काल हस्तक्षेप गर्नुपर्ने, विगत दुई वर्षमा काठमाडौँ महानगर प्रहरीले कवाड व्यवसायीमाथि पुर्‍याएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ ।

तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

Facebook Comments

Read Previous

नेपालमा आइकार भि-२३ ‘प्रिभ्यु’ , के के छन् विशेषता?

Read Next

अनलाइन जुवा-सट्टेबाजी विज्ञापन रोक्न सर्वोच्चमा रिट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar