Nepal Purbadhar

नाडा अटो शो उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने: निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ छैन


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कुनै ठाउँ नभएको बताएका छन् ।

मंगलबारबाट सुरु भएको नाडा अटो शो २०२५ को उद्घाटन गर्दै प्रधानमन्त्री ‌ओ‌लीले अहिले निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने ठाउँ नरहेको बताएका छन् ।

उनले भने,’कसैले असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको भएमा अलग कुरा हो । अहिले निजी क्षेत्र असन्तुष्ट हुनुपर्ने कुनै ठाउँ छैन । सरकारले मौद्रिक नीति र वित्त नीति व्यवसायी मैत्री बनाएर ल्याएको छ ।’

सरकारले स्टार्टअप, इनोभेसन र उत्पादनलाई सधैं प्रोत्साहन गर्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले नेपालको पूर्वाधार विकास र विस्तारमा प्राथमिकताका साथ काम गरेको जानकारी दिएका छन् ।

मंगलबारबाट भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा ‘गो फर मोर’ नाराका साथ १७ औं संस्करणको नाडा अटो शो २०२५ सुरु भएको छ । उक्त प्रदर्शनीमा डिपल इभिटल फ्लाइङ ट्याक्सी, रोबट तथा विभिन्न भिन्टेज कारका साथै १९ वटा चार पांग्रे सवारी ब्रान्डलगायत रहेका छन् ।


Read Previous

यातायात व्यवस्था विभागले भन्यो: असोज १ गतेदेखि अनिवार्य इम्बोस्ड नम्बर प्लेट

Read Next

प्रधानमन्त्रीले उद्घाटन गरे फ्लाइङ कार, देखाए चासो

Nepal Purbadhar