
काठमाडौं । सर्वोच्च अदालतमा झण्डै एक वर्षअघि सेवा प्रवेश गरेकी तथा हाल पर्सा जिल्ला अदालत मा कार्यरत सञ्जिता सिलवालको ब्रेन ह्यामरेजका कारण दुःखद निधन भएको छ।
बिहान आफ्नै कोठामा अचानक लडेकी सिलवाललाई उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पताल पुर्याउने क्रममा बाटोमै निधन भएको बताइएको छ।
उनको आजै पशुपति आर्यघाट मा अन्त्येष्टि गरिएको छ।
काभ्रेपलाञ्चोक घर भएका कानुन व्यवसायी कविराज घिमिरे उनका श्रीमान् हुन्।
