Nepal Purbadhar

चीनमा बिक्री हुने चिपबाट अमेरिकी सरकारलाई १५ प्रतिशत


काठमाडौं । अमेरिकाका दुई ठूला चिप निर्माता कम्पनीहरुले चीनमा बिक्री हुने चिपको कमाईको १५ प्रतिशत हिस्सा अमेरिकी सरकारलाई दिने भएका छन् ।

अमेरिकाका दुई ठूला कम्पनी एनभिडिया र एएमडीले आफूले निर्माण गरेका चीप चीनमा बेचेवापत सरकारलाई १५ प्रतिशत हिस्सा दिनेछन् । न्युयोर्क टायम्सका अनुसार आफ्नो कमाईको एक हिस्सा सरकारले दिने गरि भएको यो निर्णय हालसम्मकै अनौठो र नयाँ निर्णय हो ।

गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले चीनमा आफ्नो एचटुओ चिप बनाउन अनुमति दिने चर्चा थियो । तर उक्त अनुमति प्रदान भएन् । तर, गत बुधबार भने एनभिडियवाका सीईओ जेन्सेन हुआ‌ंगले ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पसँग गरेको वार्तापश्चात १५ प्रतिशत आम्दानीको हिस्सा दिने सर्तमा अनुमति पाउने भएको न्युयोर्क टायम्सले जनाएको छ ।

ट्रम्प र हुआंगबीचको भेटवार्तापश्चात शुक्रबार मात्रै अमेरिकी वाणिज्य विभागले यी चिपहरुको बिक्रीका लागि अनुमति पत्र जारी गर्न सुरु गरेको छ । अमेरिकी सरकार एनभीडियाको एचटुओ र एएमडीको एमआई३०८ चिप चीनमा बेच्ने यो कदममा व्यवसायीक साझेदारजस्तै हुने गरि सम्झौता भएको छ ।

गत अप्रिलमा ट्रम्प प्रशासनले यी चिपहरु चीनमा बिक्री गर्नमा रोक लगाएको थियो । तर अब भने यो सम्झौतापछि चीनमा पनि यसको बिक्रीका लागि अनुमति प्राप्त भएको छ ।

बन्सर्टीन रिसर्चकाअनुसार यो सम्झौतासागै अमेरिकी सरकारलाई करिब २ बिलियन अमेरिकी डलर प्राप्त हुनसक्छ ।


Read Previous

सेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो

Read Next

काठमाडौँ महानगरपालिकाद्वारा प्रशोधित पिउने पानीको जारको अनुगमन तीव्र, एक हप्ता मापदण्ड विपरीतका २७१ जार नष्ट

Nepal Purbadhar