Nepal Purbadhar

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024

मङ्लबार, जेष्ठ १, २०८१
Tuesday, May 14, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

सेतीखोला आयोजनाकाे विद्युत प्रसारण प्रणालीमा जाेडियाे


काठमाडाैं। दक्षिण पर्वतको पैंयुँ र विहादी गाउँपालिकामा बनेकाे ३.५ मेगावाटकाे सेतीखाेला जलविद्युत् आयोजनाकाे विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जाेडिएकाे छ । पर्वत पैयुँखोला हाइड्रोपावर कम्पनीले निर्माण सम्पन्न गरेको आयोजनाबाट परीक्षण उत्पादन सुरु गरी विद्युत प्रसारण प्रणालीमा जाेडिएकाे हाे ।

आयोजनाले उत्पादन गरेकाे विद्युत ३३ केभी घाङग्रे–लुंखु प्रसारण लाइन मार्फत प्रणालीमा जाेडिएकाे छ । आयोजनाबाट गत साेमबारदेखि नै परीक्षण उत्पादन सुरु गरेकाे प्रवर्द्धक कम्पनीका अध्यक्ष राजकुमार बस्यालले जानकारी दिए । उनका अनुसार उत्पादन सुरु भएकाे अवधिबाट २ सातासम्म परीक्षण गरेपछि आयोजनाले व्यापारिक उत्पादन सुरु गर्नेछ ।

२०७५ सालदेखि निर्माण सुरु भएको आयोजना ५ वर्षमा सकिएको हो । आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं-२ वेउलीवासको छचन्नेमा रहेको छ । विद्युतगृह विहादी गाउँपालिका–६ शालिग्रामको घाङ्ग्रेमा निर्माण गरिएकाे छ । छचन्नेदेखि ३ हजार ६ सय मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको विद्युतगृहमा पानी खसालिएको छ ।

आयोजनाको इलेक्ट्रोमेकानिकल काम चाइनाको एशियन प्यासिफक प्रोजेक्ट कम्पनीले गरेको हाे । पाइपलाइनको काम के एण्ड के विल्डर्स विराटनगरले गरेको हो । आयोजनको सिभिलतर्फको निर्माण कार्य द ब्रदर्श विल्डर्स काठमाडौँले गरेको पर्वत पैंयुँखोला हाइड्रोपावर कम्पनीका सचिव डा. शिवशंकर बस्यालले जानकारी दिए ।

विद्युत विकास विभागबाट २०७४ सालमा उत्पादन अनुमतिपत्र लिइ निर्माण थालिएकाे आयोजनाबाट २ वर्षभित्र विद्युत उत्पादन सुरु गर्ने पहिलाे तालिका थियाे । तर, काेभिड-१९ महामारी, बाढीपहिराेले पुर्याएकाे क्षति लगायत कारणले २ वर्षकाे समय थप भयाे ।याे अवधिमा पनि आयोजना नसकिएपछि अर्काे एक वर्ष थप गरी सम्पन्न गरिएकाे कम्पनी सचिव बस्यालले बताए ।

आयोजना निर्माणका लागि सिद्धार्थ बैंक लिमिटेड र गरिमा विकास बैंकले ऋण लगानी गरेका छन् । हालसम्म आयोजना निर्माणका लागि एक अर्ब १० करोड रुपैयाँ खर्च भइसकेको पनि बस्यालले बताए ।

आयोजनाले परीक्षण अवधिभर महाशिला गाउँपालिकाको वडा नं १, ३ र ५ तथा पैँयु गाउँपालिकाका वडा नं १ र ३ एवं विहादी गाउँपालिकाको वडा नं ६ मा रहेको प्रसारण लाइन, खम्बा आदि नछुन, टाढा हुन र सावधानी रहन अनुरोध गरेको छ ।


Read Previous

पेट्रोलियम कारोबारको एकाधिकार पाएको निगम ५४औं वर्षमा,भण्डार क्षमता बढाउन मन्त्रीकाे निर्देशन

Read Next

फुकोट कर्णाली आयोजना क्षेत्रमा पर्ने घर टहराकाे क्षतिपूर्ति वितरण प्रक्रिया अघि बढ्याे

Leave a Reply

Your email address will not be published.