Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

रेलवे योजना र निर्माण प्रविधिबारे चिनीया अनुभव साट्न काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु


काठमाडौं । रेलवे योजना र निर्माण प्रविधिको विकासबारे चिनीया अनुभव साट्ने उद्देश्यका साथ काठमाडौंमा अन्तर्राष्ट्रिय कार्यशाला शुरु भएको छ । चीनले रेलमार्ग निर्माण तथा यसको अत्याधुनिक प्रविधिमा गरेको विकासबारे नेपालमा रहेका सरोकारवालालाई सिकाउने र बुझाउने लक्ष्यको साथ तालिमको आयोजना गरिएको हो । तालिममा नेपाल रेल विभाग, निर्माण कम्पनी, परामर्शदाता कम्पनी, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, ऊर्जा तथा जलस्रोतलगायतका संस्थाका प्रतिनिधी तथा इञ्जिनियर र सरोकारवालाको सहभागिता रहेको छ ।

चिनियाँ विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा चाइना रेलवे अरिवन इञ्जिनियरिङ ग्रुप कम्पनीले आयोजना गरेको हो । यो चीनको रेलवे डिजाइन तथा निर्माणमा अग्रणीमध्यको एक कम्पनीमा पर्छ । तालिममा २४ जनाको सहभागिता रहेको छन् । तालिमको माध्यमबाट चीनीया रेलवे विकासको अवधारणा, प्राविधिक मापदण्ड, सफलताहरु साझा गर्नको लागि सहयोगी भएको कम्पनीकी उपमहाप्रबन्धक तान मेङले बताइन् । साउन ३ गतेदेखि (जुलाई १९) शुरु भएको तालिम १७ साउन (अगष्ट २) सम्म सञ्चालन हुनेछ ।

‘यसले अद्यावधिक प्रविधिलाई फैलाउन, व्यवस्थापकीय अनुभव साझा गर्न तथा व्यवसायिक दक्ष जनशक्तिलाई प्रवद्र्धन गर्न सहयोग पु्ग्छ’ उनले भनिन् । रेलवेको विकासमार्फत समुन्नति हासिल गर्न र राष्ट्रिय आर्थिक विकासमा सहयोग पुर्याउन महत्वपूर्ण हुने उनको भनाइ छ ।

कार्याशालामा सहभागी रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर अमन चित्रकारले तालिमबाट सरकारी क्षेत्रमा मात्र सिमित नभइ रेलबारे निजी क्षेत्रलाई पनि जानकार बनाउन प्रभावकारी हुने बताए । ‘रेलमार्गमा आवश्यक पर्ने आधारभूतदेखि सुरुङ, पुल, सब ग्रेड, रोलिङ स्टोनलागतका क्षेत्रको बारेमा पनि जानकारी दिइनेछ’ उनले भने । त्यसबाहेक चीनमा रेलवे विकासको थालनीदेखि अहिलेको उच्च गतिको रेलवे विकाससम्मका अनुभवलाई साझा गर्ने मञ्चको रुपमा तालिम प्रभावकारी हुनेछ ।

चिनीया अधिकारीका अनुसार नेपाल रेलवे विकासमा शुरुवाती चरणमै रहेको, प्रशस्त जनशक्ति विकास नभइसकेको र अनुभवको कमी रहेको अवस्थामा चिनीया अनुभवबाट धेरै सिक्न सक्नेछ । यसले रेलवेको योजना निर्माणदेखि प्रविधि प्रयोगको विषयमा समेत अनुभव साटिनेछ ।


Read Previous

बजेट नभएका परियाेजना कार्यान्वयन नगर्नेलगायत ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी (पूर्ण पाठ)

Read Next

नारायणीमा नयाँ पम्प जडानले सिँचाइ गर्न सहज

Leave a Reply

Your email address will not be published.