Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मधेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणाको तयारी   


वीरगञ्ज । नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको छ ।  प्रदेशका शतप्रतिशत गाउँबस्तीमा विद्युत सेवा पुगेसँगै पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी भइरहेकाे हाे ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ सम्म मधेस प्रदेशका ९९ प्रतिशत बस्तीमा विद्युत सेवा पुगेकाले अहिले घाेषणा गर्ने तयारी गरिरहेकाे विद्युत प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका प्रमुख मुनिन्द्र ठाकुरले बताए ।

 “बाँकी रहेको एक प्रतिशत घरमा चालू आर्थिक वर्ष २०७९/८० मा विद्युत पुर्‍याएपछि प्रदेशका शतप्रतिशत बस्तीमा विद्युतीकरण पुगेको छ”, उनले भने ।

केही दिनमा प्रदेशलाई ‘शतप्रतिशत विद्युतीयकरण प्रदेश’ घोषणा गर्ने तयारी भइरहेको ठाकुरले जानकारी दिए । प्रदेशका सबै गाउँबस्तीमा विद्युतीकरण सकिएपछि सिँचाइ कार्यक्रममार्फत किसानको खेतबारीसम्म विद्युत् पुर्‍याउने अभियान सुरु गरिएको  पनि उनले बताए ।

विद्युत् प्राधिकरणले चालू आर्थिक वर्षदेखि ५५ करोड रुपैयाँ बराबरको सिँचाइ पूर्वाधार कार्यक्रमका लागि स्थानीय सरकारसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण सुरु गरेको छ । “उक्त कार्यक्रमअन्तर्गत स्थानीय सरकारले आफ्ना पालिकाभित्रका किसानलाई निःशुल्क बत्ती दिने र सिँचाइ बत्ती महसुलबापतको रकम स्थानीय तहले प्राधिकरणलाई बुझाइने व्यवस्था गरेको छ”, ठाकुरले भने ।  ।

हालसम्म सिँचाइ पूर्वाधार कार्यक्रमका लागि धनुषा, महोत्तरी, सर्लाही र रौतहट जिल्लाका ८० स्थानीय तहले निःशुल्क सिँचाइ बत्ती पुर्‍याउन निर्णय गरेर पठाएको उनले बताए ।    सिँचाइ मिटर प्रयोग गर्ने किसानलाई प्रतियुनिट २ रुपैयाँ दरले मात्र महसुल तिराउने नीति लिएर विद्युत प्राधिकरणले सिँचाइ विद्युतीकरण सुदृढीकरण कार्यक्रमका लागि ५ अर्ब रुपैयाँ बजेट छुट्याएको जनाएको छ ।

प्राधिकरणले विद्युत चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् रिडिङमा सुधारलगायत कार्यक्रम सञ्चालन गर्दै आएको छ । उक्त कार्यक्रम पश्चात् प्राधिकरण सेवा विस्तार प्रणाली सुदृढीकरण भएको र निरन्तर विद्युत् चुहावट घट्दै गएको प्रमुख ठाकुरले जानकारी दिए ।

मधेस प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८ मा १६ दशमलव ५४ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आर्थिक वर्ष २०७८/७९ मा १४.१७ प्रतिशतमा चुहावट झरेको विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।

सबैभन्दा बढी सर्लाहीको मलङ्गवा र सिमरौनगढ क्षेत्रमा ४१/४१ प्रतिशत, महोत्तरीको जलेश्वर, रौतहटको मौलापुर तथा गौर क्षेत्रमा ३५/३५ प्रतिशत विद्युत् चुहावट हुँदै आएको थियो ।

औद्योगिक ग्राहक धेरै रहेकाले बाराको सिमरा वितरण केन्द्रको विद्युत् चुहावट भने ०.३२ प्रतिशत रहेको जनाएको छ । चुहावट नियन्त्रण अभियानका क्रममा हुकिङ गर्ने दुई हजार ४३ जनालाई पक्राउ गरी कारबाही गरिएको प्रादेशिक कार्यालय जनकपुरधामले जनाएको छ ।

मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने २२ हजार ६ सय ६३ ग्राहकको विद्युत लाइन काटिँदा १८ हजार ८ सय २९ ग्राहकले पुनःविद्युत् जडान गराएका प्रमुुख ई ठाकुरले बताए ।  उनका अनुसार पुनःविद्युत् जडानबाट एक अर्ब ४३ लाख ४३ हजार एक सय १५ रुपैयाँ बक्यौता असुली भएको छ ।

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन कट्टा गर्ने अभियान चलाएको प्रमुुख ई ठाकुरको भनाइ छ । चालू आर्थिक वर्ष २०७९/८० को हालसम्म मधेस प्रदेशमा १४ अर्ब ३३ करोड रुपैयाँ  बराबरको विद्युत् बिक्री हुँदा १२ अर्ब ९३ करोड रुपैयाँ महसुल सङ्कलन भएको उनले बताए ।

“मधेस प्रदेशमा चालू आर्थिक वर्ष २०७९/८० मा ६१ हजार सात सय ६३ नयाँ ग्राहक थपिएका छन् । योसँगै प्रदेशमा ग्राहकको सङ्ख्या १० लाख ४४ हजार ७ सय ८६ रहेका छन्”, प्रमुख ठाकुरले भने ।

२०७८ सालदेखि अनलाइनबाट विद्युत् महसुल बुझाउनका लागि अनलाइन सेवा सुरु गरेको उनले बताए । उनका अनुसार कूल ग्राहकमध्ये हाल २६ प्रतिशत ग्राहकले अनलाइन सेवामार्फत विद्युत महसुल तिर्दै आएका छन् ।


Read Previous

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

Read Next

नेपाल पूर्वाधार डटकमको पहिलो वार्षिकोत्सवका अवसरमा ‘पूर्वाधार समृद्धि’ सार्वजनिक

Leave a Reply

Your email address will not be published.