Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

सेयर खरिदकर्तालाई घोराही सिमेण्टको आभार


काठमाडाैं । घोराही सिमेन्ट इन्डष्ट्रीले वैशाख १९ देखि जेठ २ गतेसम्म आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि जारी गरेकाे सेयर उत्साहपूर्ण सहभागिता भएकाे जनाएकाे छ ।

कम्पनीले कुल ७९ लाख ४३ हजार ८०१ कित्ता बराबरको सेयर जारी गर्नेछ । जसमध्ये ३ लाख ९७ हजार १९० कित्ता सेयर आयोजना प्रभावितका लागि आरक्षित रहेको थियो । सो सेयर खरिदका लागि प्रभावित क्षेत्रका बासिन्दाले देखाउनु भएको सहभागिता महत्वपूर्ण रहेकाे कम्पनीकाे भनाइ छ ।

त्यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकहरूका लागि ७ लाख ५४ हजार ६६१ कित्ता सेयर छुट्याइएको थियो । सो सेयर खरिदका लागि देश बाहिर रहेका खरिदकर्ताकाे उत्साहपूर्ण सहभागिता भएकाेमा थप हौसला मिलेकाे उल्लेख गरेकाे छ ।

नेपालको औद्योगीकरण र व्यापार  प्रवर्धनमा उल्लेखनीय योगदान पुर्‍याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी समूहबाट प्रवर्धित यस घोराही सिमेन्ट इन्डष्ट्रि लिमिटेड, क्लिंकर उत्पादन क्षमता र गुणस्तरीय सिमेन्ट उत्पादकका रुपमा स्थापित कम्पनी हो ।

यस उद्योगको यसअघि क्लिंकरको दैनिक क्षमता १९ सय टन र ग्राइन्डिङ क्षमता दैनिक २२ सय टन रहेकोमा हाल उद्योगले क्षमता विस्तार गर्दै क्लिंकर क्षमता दैनिक ६ हजार टन र ग्राइन्डिङ क्षमता दैनिक ४ हजार टन पुर्‍याएको  जानकारी गराएकाे छ । कम्पनीले निकट भविष्यमा नै सर्वसाधारणको लागि जारी गर्ने शेयर खरिद कार्यमा आम लगानीकर्ताको सक्रिय र उत्साहपूर्ण सहभागिता हुनेछ भन्ने विश्वास व्यक्त गरेकाे छ ।

कम्पनीले  सेयर खरिदकर्ताहरू प्रति आभार सहित धन्यवाद ज्ञापन गरेकाे छ ।


Read Previous

माथिल्लो सान्जेनको ‘ड्राइ टेष्ट’ चल्दै, चिलिमेको संरचना प्रयोग गरी परीक्षण उत्पादन गर्ने तयारी

Read Next

नेपालमा लगानी बढाउन भारतका उद्योगी–व्यवसायीलाई आग्रह

Leave a Reply

Your email address will not be published.