Nepal Purbadhar

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024
भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम

माथिल्लो सान्जेनको ‘ड्राइ टेष्ट’ चल्दै, चिलिमेको संरचना प्रयोग गरी परीक्षण उत्पादन गर्ने तयारी


काठमाडौं । रसुवामा निर्माण भएको १४.८ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत आयोजनाको ‘ड्राइ टेष्ट’ (आयोजनामा जडान भएका उपकरणको परीक्षण) भइरहेको छ । विद्युत उत्पादन सुरु गर्नुअघि एक साताअघिबाट आयोजनामा जडान भएका उपकरणहरूको परीक्षण भइरहेको हो ।

इलेक्ट्रोमेकानिकल वर्क्सको ठेकेदारले विद्युतगृहमा जडानभएका उपकरणहरूको प्राविधिक जाँच गरिरहेको आयोजनाको प्रवर्द्धक सान्जेल जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल ढुंगेलले बताए । ‘आयोजनाको संरचना निर्माण र उपकरण जडानको सम्पूर्ण काम सम्पन्न भइसकेको छ’,उनले भने, ‘विद्युत उत्पादनमा जान उपकरणहरूको परीक्षण भइरहेको छ । प्राविधिकरूपमा सबै हेर्नुपर्ने हुँदा समय लागिरहेको छ ।’

उनले आयोजनाको ड्राइ टेष्ट सकिएपछि संरचनामा पानी भरेर (वेट टेष्ट) परीक्षण सुरु गरिने बताए । आयोजनाको विद्युत २२० केभी चिलिमे हब सबस्टेसनमा जाेडिनु पर्ने गरी प्रसारण सम्झाैता भएकाे छ । तर, अहिलेसम्म  २२० केभी चिलिमे-त्रिशूली प्रसारण लाइनकाे निर्माण सम्पन्न भइनसकेकाले आयोजनाको विद्युत पहिले तय भएकै सबस्टेसनमा जाेड्न समय लाग्ने देखिएकाे छ । आयोजनाले चिलिमे हब सम्म निर्माण गर्नुपर्ने ५.९ किलोमिटर लामो प्रसारण लाइनको काम भने सम्पन्न भइसकेको छ ।

चिलिमे हबमा जाेड्न तत्काल सम्भव नभएकाले आयोजनाको परीक्षण उत्पादन सुरु गर्न अहिले २२ मेगावाटको चिलिमेको विद्युत प्रवाह भइरहेको संरचनाको प्रयोग गर्ने तय भएको पनि उनले बताए । आयोजनाको विद्युत जोडिने चिलिमे हब सबस्टेसनसम्म आइपुग्ने २२० केभी चिलिमे–त्रिशूली प्रसारण लाइनको निर्माण पूरा भइनसकेको हुँदा तत्कालका लागि वैकल्पिकरूपमा अर्को लाइनमा जोडेर परीक्षण उत्पादन गर्ने योजना रहेको ढुंगेलले बताए ।

आयोजनाको विद्युत चालू आर्थिक वर्षभित्र प्रसारण प्रणालीमा जोड्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ । २०६९ सालबाट निर्माण सुरु भएको आयोजनाको काम सम्पन्न भई पहिले नै विद्युत उत्पादन सुरु भइसक्नु पर्ने थियो । तर, भूकम्प, नाकाबन्दी, कोभिड–१९ महामारी, प्रसारण लाइनको समस्या लगायत कारणले काम प्रभावित हुँदा आयोजना सम्पन्न हुन एक दशकभन्दा बढी समय लागेको छ ।

कोभिड-१९ महामारीको समयमा इलेक्ट्रोमेकानिकल उपकरण लामो समयसम्म आयात हुन नसक्दा तथा ठेकेदार कम्पनीका कामदार तथा प्राविधिक चीनबाट फर्किन धेरै समय लाग्दा २ वर्षभन्दा बढी समय काम ठप्प हुन पुग्यो ।

कम्पनीले नै निर्माण गरिरहेको ४२.५ मेगावाटको सान्जेन आयोजना पनि पूरा हुने चरणमा छ । यो आयोजनाको काम सम्पन्न भएपछि चाँडै उपकरण परीक्षण गरिने कम्पनीले जनाएको छ । याे आयोजना समेत भूकम्प, नाकाबन्दी, कोभिड-१९ महामारी, प्रसारण लाइनको समस्याले लक्ष्यभन्दा ढिला गरी प्रणालीमा आउन लागेकाे हाे ।

दुवै आयोजना सम्पन्न गर्न ब्याज बाहेक ७ अर्ब २४ करोड २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको भए पनि निर्माण अवधि लम्बिएका कारण बढ्ने देखिएको छ ।


Read Previous

नाग्म-गमगढी सडक कालोपत्रे नहुँदा रारा पुग्ने पर्यटकलाई सास्ती

Read Next

सेयर खरिदकर्तालाई घोराही सिमेण्टको आभार

Leave a Reply

Your email address will not be published.