Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024
साढे २८ हजार मेगावाट जडित क्षमता पुर्याउन ६१ खर्ब लगानी चाहिने,स्वदेशी पुँजीबाट २० खर्ब जुट्दा, बाँकी कसरी जुटाउने ? बागलुङ-म्याग्दी सडकमा कालोपत्र गर्न सुरु २५ हजारले अवलोकन गरे हिमालयन हाइड्रो एक्स्पो,प्रतिश्पर्धामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार वितरण ऊर्जा सुरक्षाको लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प, ‘नेपालमा उत्पादन हुने हाइड्रोजन संसारकै सस्तो’ ऊर्जा विकासमा भूराजनीतिक प्रभाव व्यवस्थापन र प्रसारण सञ्जाल विस्तारमा जोड हिमालयन हाइड्रो एक्स्पोमा सार्वजनिक भयो कोमात्सु स्काभेटर सालझण्डी-ढोरपाटन सडक निर्माणले गति लिन सकेन झापाकाे मेचीनगरमा ३ खानेपानी आयोजना सम्पन्न

हरित हाइड्रोजन उत्पादनमा आइओसीकाे ३ खर्ब लगानी,१० हजार पेट्राेल पम्पलाई चार्जिङ स्टेसन बनाइने


काठमाडौं । इन्धनको कारोबार गर्ने भारतीय आयल निगम (आइओसी) ले हरित हाइड्राेजन उत्पादनमा ३ खर्ब १९ अर्ब ९७ करोड ६० लाख रुपैयाँ (२ खर्ब भारतीय रुपैयाँ ) लगानी गर्ने भएकाे छ । आइओसीले सन् २०४६ सम्ममा आफ्ना सबै रिफाइनरिहरूलाई नवीकरणीय ऊर्जा उपयाेगमा स्थानान्तरण (ट्रान्जिक्सन) गर्न हरित हाइड्रोजन उत्पादनमा लगानी गर्ने योजना अघि सारेको हाे ।

सन् २०४६ सम्ममा शून्य कार्बन उत्पादनको लक्ष्यसहित आफ्ना रिफाइनरिलाई नवीकरणाीय  ऊर्जा  उपयाेगमा स्थानान्तरण (ट्रान्जिक्सन) गरिसक्ने  आइओसीकाे लक्ष्य छ ।  आइओसीले यही लक्ष्य पूरा गर्न अहिले सञ्चालनमा रहेका  हाइड्रोजन केन्द्रहरूबाट हरित हाइड्राेजन उत्पादनका लागि यति ठूलाे लगानी गर्ने योजना बनाएको हो ।

आइओसीले अबकाे १० वर्षभित्रमा अहिले उत्पादन गरिरहेकाे हाइड्रोजनकाे अनुपातलाई ५० प्रतिशत हरित हाइड्राेजनमा रुपान्तरण गर्ने याेजनामा काम गरिरहेकाे छ । साथै, सन्र २०४० सम्ममा याे अनुपातलाई बढाएर शतप्रतिशत पुर्याउने उसकाे लक्ष्य छ ।

अहिले उत्पादन गरिरहेकाे २५६ मेगावाट नवीकरणीय ऊर्जाकाे हिस्सा बढाएर १२ गिगावाट अर्थात १२ हजार मेगावाट पुर्याउने याेजना रहेकाे पनि आइओसीले जनाएकाे छ । आइओसीका अनुसार अबकाे २ वर्षमा अहिले सञ्चालनमा रहेका १० हजार इन्धन वितरण हुने पेट्राेल पम्पहरूलाई विद्युतीय सवारी चार्जिङ स्टेसनमा रुपान्तरण गर्ने याेजनामा पनि काम भइरहेकाे छ ।

आइओसीले गरेकाे प्रक्षेपण अनुसार सन् २०३० सम्ममा भारतको इन्धन माग प्रतिदिन ५.१ मिलियन ब्यारेलबाट बढेर ७ देखि  ७.२ मिलियन ब्यारेल पुग्ने देखिन्छ । सन् २०४० सम्ममा याे माग बढेर ९० मिलियन ब्यारेल प्रतिदिन पुग्ने आइओसीकाे प्रक्षेपण छ ।

याे माग पूरा गर्न आफ्नाे रिफाइनिङ क्षमता वार्षिक ८१.२ मिलियन टनबाट बढाएर १०६.७ मिलियन टन पुर्याउने  लक्ष्य राखिएकाे आइओसीले जनाएकाे छ । आइओसीले भारतकाे सवारी साधनमा पेट्राेलियम इन्धनकाे विकल्पमा हरित हाइड्राेजन, विद्युतीय सवारी साधनकाे प्रवर्द्धन तथा विद्युतीय सवारी चार्जिङ स्टेसन निर्माणमा लगानी गरी नवीकरणीय ऊर्जा स्थानान्तरण गर्ने तयारी अनुरुप याेजना बनाएर काम गरिरहेकाे छ ।

आइओसीले हालै राजस्थानमा  नवीकरणीय ऊर्जा उत्पादन गर्न १ हजार मेगावाट विद्युत खपत हुने हरित हाइड्राेजन प्लान्ट राख्न त्यहाँको राज्य  सरकारसँग समझदारी गरिसकेको छ ।


Read Previous

सडक कालोपत्र सुरु हुँदा स्थानीयवासी खुसी

Read Next

७ वर्षमा विद्युत उत्पादन, प्रसारण र वितरणतर्फको पूर्वाधार निर्माणमा १० बिलियन डलर लगानी आवश्यक

Leave a Reply

Your email address will not be published.