Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘शङ्खे पहरा’


गलकोट । बागलुङ जैमिनी नगरपालिका—५ बिनामारेस्थित रिठ्ठे डाँडामा रहेको शङ्खे पहरालाई पर्यटकीय क्षेत्रको रूपमा विकास गरिने भएको छ । अक्करे पहराको प्वाल फुकेर शङ्खको धोनीजस्तो आवाज निस्कने भएकाले बुढापाकाले त्यस पहरालाई शङ्ख बज्ने पहरा नामकरण गरेका थिए । सो क्षेत्रमा स्थानीयवासीले पर्यटक आर्कषण गर्ने गरी भौतिक संरचनासमेत निर्माण गर्न थालेका छन्।

सो क्षेत्रको पर्यटन विकासका लागि स्थानीयवासी एक जुट मात्रै होइन त्यसको प्रचार र प्रवरद्धनमा पनि लागि परेका हुन् । सोधखोज गर्ने क्रममा उक्त पहरामा रहेको दुई वटा प्वालमा फुक्दा शङ्खकोध्वनीजस्तो निस्किएपछि यसको प्रचार गर्न थालिएको स्थानीय हर्कबहादुर थापामगर बताउँछन् । थापाले भने, ‘राम्रो शङ्खध्वनी निकाल्ने अग्रज बितेर जानुभयो,बुढापाकाले स्वास पुर्याउनै मुस्किल छ, यहाँका केही युवाले शङ्ख फुक्न सिकेका छन् ।’

थापाका अनुसार पहरा नजिकै नाक ओढार भन्ने ठाउँ छ भने खानी उत्खनन्का लागि बनाएका केही प्वाल भेटिन्छन् । पहरा भन्दा केही पर एक सय ५० भन्दा बढी व्यक्ति अटाउने ठूलो ओढार रहेको स्थानीयवासीको भनाइ छ। रिठ्ठेडाँडा, पहरा, नाके वडार, खानीका अवशेष र ठूलो ओढारलाई समेटेर पर्यटकीय पूर्वाधारको काम थालिएको अर्का स्थानीय पुष्पबहादुर थापाले बताए।

स्थानीयवासीले पटक–पटकको प्रयासपछि मात्रै शङ्खध्वनी निकाल्न सम्भव भएको थापाको भनाइ छ। ‘यसको संरक्षण र प्रचारका लागि पछिल्लो समय केही पर्यटकीय पूर्वाधार र काम थालिएको छ,’ थापाले भने, ‘यहाँका युवा यसको प्रवर्द्धनमा लागेका छन्, केही बजेटमा पूर्वाधारको काम भएको छ । पहरा अक्करे भीरमा रहेकाले रेलिङसहितको पदमार्ग आवश्यक छ, अहिले बाटो मात्रै पुर्याएका छौँ ।’

गत वर्ष रिठठेडाँडामा पर्यटकीय उद्यानको काम थालिएको छ। पोखरामा प्याराग्लाईडिङ गराउने युवा टेकबहादुर थापाले आफ्नो ठाउँको विकासका लागि प्रयास गरेका हुन्। उनले थालेको प्रयासमा स्थानीयवासीले साथ दिएपछि यो पहरा एकाएक चर्चामा आउन थालेको हो। पर्यटन व्यवसायी तथा प्याराग्लाइडर टेकबहादुरकै अध्यक्षतामा रिठठेडाँडा पर्यटन पूर्वाधार निर्माण उपभोक्ता समिति गठन गरेर पहराको संरक्षण र अन्य पूर्वाधार निर्माणको काम गत वर्षदेखि थालिएको हो।

पछिल्लो समय पहराबाट शङ्खकोध्वनी कसरी निस्किँदो रहेछ भन्ने जिज्ञासाका साथ आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्। थापाले भने ‘पहराबाट शङ्खको आवाज निस्कनु अनौँठो भएकाले त्यसको संरक्षण र प्रचारप्रसार गर्न आवश्यक ठानेर आगुवाइ गरेको थिएँ, अहिले केही मिडियाकरण भएपछि पहरा चर्चामा आउन थालेको छ ।’

पहरा छेउमा विभिन्न देवताका आकृति देख्न सकिन्छ। पहरा एकदमै डरलाग्दो भीर भएका कारण पदमार्गसँगै तारबार गर्नुपर्ने देखिन्छ। गत आर्थिक वर्षमा पर्यटन मन्त्रालयबाट प्राप्त नौ लाख रुपैयाँ बजेटबाट रिठठेडाँडामा घेराबार गरिएको छ। पदमार्ग र पोखरी ढलान तथा उद्यान निर्माणको काम पनि अगाडि बढेको छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत पूर्वाधार विकास कार्यालयको चार लाख ५० हजार रुपैयाँ बजेटबाट चौतारो संरक्षण र उद्यान निर्माण गरिएको छ। त्यस क्षेत्रमा अन्य भौतिक पूर्वाधार निर्माणको काम पनि थालिएको भए पनि पछिल्लो समय बजेट अभाव भएको छ।

नगरपालिकाको पर्यटकीय क्षेत्रको रूपमा नजर परेकाले त्यसका विकासका लागि नगरपालिकाले ध्यान दिने जैमिनी नगर उपप्रमुख हरिहर शर्माले बताए । उनले जैमिनी नगरभित्रका यो पहरा जस्ता अन्य पर्यटनको सम्भावना बोकेका क्षेत्रलाई समेटेर एकमुष्ट विकास गरिने बताए । रासस


Read Previous

ऊर्जा क्षेत्रकाे ५ वर्षिय रणनीतिक योजना बनाउन कार्यदल गठनकाे निर्णय गरेकाे छु-मन्त्री लिङ्देन

Read Next

खोलाको आधा घण्टाको अन्तरालमा झोलुङ्गे पुल निर्माण गछौँ : मन्त्री पाण्डे

Leave a Reply

Your email address will not be published.