Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

ऊर्जा क्षेत्रकाे ५ वर्षिय रणनीतिक योजना बनाउन कार्यदल गठनकाे निर्णय गरेकाे छु-मन्त्री लिङ्देन


काठमाडौं । उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनले ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रको विकासका लागि रणनीतिक योजना बनाएर काम गर्ने बताएका छन् । मंगलबार राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिई मन्त्रालयमा पदभार ग्रहण गरेपछि सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको योजनाबद्ध विकास गर्नका लागि रणनीतिक योजना बनाउन मन्त्रालयका सहसचिवको संयोजकत्वमा ३ कार्यदल गठन गरिएको मन्त्री स्तरीय निर्णय गरे । ‘ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको विकास गर्न योजना चाहिन्छ’, उनले भने,‘सोही अनुरुप ५ वर्षिय रणनीतिक योजना बनाएर काम गर्न कार्यदल गठन गर्ने निर्णय भएको छ ।’

उनले अब प्राथमिकताको क्षेत्र निर्धारण गरी काम गर्ने तथा विगतमा भएका कामको अनुभवलाई पनि आधार बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले योजनाबद्ध ढंगले काम गर्न सकेमा मात्रै परिणाम राम्रो आउने हुँदा रणनीतिक योजना बनाउन निर्णय गरेको बताए ।

ऊर्जा, जलस्रो तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी बहन चुनौतीपूर्ण भएपनि अवसरकोरूपमा उपयोग गरेर परिणाममुखी बनाउने उनले दाबी गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष लिङ्देन मंगलबार नै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका हुन् ।

यस्तै, राप्रपाबाटै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री बनेका दीपक सिंहले पनि पद तथा गोपनियताको सपथ लिई पदभार ग्रहण गरेका छन् ।


Read Previous

विकासे मन्त्रालयमा को भए मन्त्री ?

Read Next

पर्यटकीय गन्तव्य बन्दै बागलुङको ‘शङ्खे पहरा’

Leave a Reply

Your email address will not be published.