Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

विकासे मन्त्रालयमा को भए मन्त्री ?


काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मंगलबार नियुक्त भएका उपप्रधान मन्त्री तथा मन्त्रीहरुले पद तथा गोपनीयताको शपथसमेत लिइसकेका छन् । गठबन्धनमा रहेका दलहरुले विकासे मन्त्रालयहरुलाई बाडेर लिएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालय

सत्तासाझेदार चौथो ठूलो दल राप्रपाले ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयको नेतृत्व पाएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधान मन्त्री सहित ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनी मन्त्रिपरिषदमा पाँचौ बरियतामासमेत रहेका छन् । यसैगरी राप्रपाकै दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका छन् ।

सहरी विकास मन्त्रालय

राप्रपाकै उपाध्यक्ष बिक्रम पाण्डेले सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । निर्माण व्यवसायीको रुपमा स्थापित पाण्डेसँग यसअघि पनि मन्त्री भएर काम गरेको अनुभव छ ।

पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय

माओवादी केन्द्रका सुदन किराती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको नेतृत्वमा पुगेका छन् । उनी पहिले पटक मन्त्री भएका हुन् । प्रत्यक्षतर्फबाट लगातार तीन पटक निर्वाचित सासंद हुन् । मंगलबार भएको मन्त्रिपरिषद् विस्तारमा शुसिला श्रीपाली पर्यटन राज्यमन्त्री बनेकी छन् ।

सुचना, सञ्चार तथा प्रविधि मन्त्रालय

माओवादी केन्द्रकी नेतृ रेखा शर्मा सुचना, सञ्चार तथा प्रविधि मन्त्रीको जिम्मेवारी पाएकी छिन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय

यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको रुपमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ नियुक्त भइसकेका छन् ।

खानेपानी मन्त्रालय

सिके राउत नेतृत्वको जनमत पार्टीका अब्दुल खान खानेपानी मन्त्री बनेका छन् । समानुपातिक सासंद खानले पुस ११ मा सपथ लिइसेकेका छन् ।

यसबाहेक परराष्ट्र मन्त्री एमालेकी विमला पौडेल राई बनेकी छन् । शिक्षा मन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल नियुक्त भएका छन् । लामो समय शिक्षा क्षेत्रमा काम गरेका उनको रुचीको क्षेत्रमा पर्ने मन्त्रालयमा काम गर्ने अवसर पाएका छन् ।

त्यस्तै, स्वतन्त्र पार्टीकै डोलप्रसाद अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, राप्रपाका ध्रुबबहादुर प्राधन कानून मन्त्री, माओवादीका अमनलाल मोदी, सामान्य प्रशासन मन्त्री, एमालेका पदम गिरि स्वास्थ्य मन्त्री र स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेकी छन् ।

एमालेबाटै हरि उप्रेती रक्षा मन्त्री, एमालेकै राजेन्द्र राई भूमि मन्त्री बनेका छन् ।

 सूचीः 


Read Previous

अन्नपूर्ण गाउँपालिकाले ८ करोड विद्युत रोयल्टी पाउने

Read Next

ऊर्जा क्षेत्रकाे ५ वर्षिय रणनीतिक योजना बनाउन कार्यदल गठनकाे निर्णय गरेकाे छु-मन्त्री लिङ्देन

Leave a Reply

Your email address will not be published.