Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित   

लहान नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिने


सिरहा । सिरहाको लहान वडा नम्बर १२ र १५ का ५० दलित विपन्न परिवारलाई बसोबासको व्यवस्था मिलाउन घर बनाएर लहान नगरपालिकाले हस्तान्तरण गर्ने भएको छ ।

सो सम्बन्धमा नगरपालिका, हयाबिट्याट फर हुम्यानिटी नेपाल र धनगढीमाई–२ को भवानी एकीकृत विकास केन्द्रबीच त्रिपक्षीय सम्झौता भएको हो । घर बनाउन नगरपालिकाले नगरसभाबाट एक करोड रुपैयाँ विनियोजन गरेको नगर प्रमुख महेश चौधरीले बताए।

सम्झौताअनुसार हिल्टी फाउण्डेशनको लगानी हयाबिटयाटमार्फत भवानी एकीकृत विकास केन्द्रको साझेदारीमा प्रतिघर बराबर दुई लाख रुपैयाँ संस्थाले दिने भएको छ । काम गर्दा अझै अपुग भए नगरपालिकाले थप बजेट दिने सहमति भएको छ ।

प्रत्येक परिवारलाई बरण्डासहितको दुई कोठा घर र शौचालय निर्माण गरिने हयाबिटयाटका परियोजना व्यवस्थापक रामबहादुर श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार घरको ढाँचा नगरपालिका, भवानी एकीकृत र सो संस्थाका प्राविधिकले बनाउने, घर बनाउने र सरसफाइ राख्न स्थानीयवासीलाई तालिमसमेत दिइने श्रेष्ठले बताए। घर बनाउन स्थानीय सामग्री प्रयोग र गाउँकै मजदुरलाई रोजगारी प्रदान गरिने बताइएको छ ।


Read Previous

आधुनिक शौचालय निर्माणमा पोखरा महानगर र एनआरएनबीच हातेमालो

Read Next

८ वर्षमा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गोल्यान समूहको लक्ष्य, डेढ खर्ब बढी लगानी आवश्यक

Leave a Reply

Your email address will not be published.