Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने

सन् २०२२ मा पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार–बोर्ड


काठमाडौं । कोभिड–१९ शुरु भएपछि पहिलो पटक पर्यटक आगमनमा ६५ प्रतिशतले सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार हवाईमार्गबाट मात्र आउने पर्यटकको संख्या सन् २०२२ मा ६ लाख १४ हजार १४८ पुगेको छ । सन् २०१९ मा हवाई मार्गबाट मात्र आउने पर्यटकको संख्या करिब १० लाख थियो ।

आगमनमा ६५ प्रतिशतले सुधार भएसगै पर्यटन क्षेत्र लयमा फिर्ता हुने क्रममा रहेको बोर्डले जनाएको छ । सन् २०१९ को स्थल र हवाई मार्गबाट आएको तुलना गर्दा पनि ५२ प्रतिशत हाराहारीमा सुधार भएको छ । यसले पर्यटन आगमन विस्तारै लयमा फिर्ता हुने क्रममा रहेको बोर्डको भनाइ छ । स्थल र हवाई मार्गबाट सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

सन् २०२२ को नोभेम्बरमा ७२ हजार ६५३ जना, डिसेम्बरमा ६७ हजार ९३२ जनाले नेपाल भ्रमण गरेको बोर्डले जनाएको छ । अक्टोबर महिनामा ८८ हजार ५८२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । जुन संख्या सन् २०२२ कै उच्च आगमनदर हो ।

यसैगरी सन् २०२२ को सेक्टेम्बरमा ५८ हजार ३१४ अगस्टमा ४१ हजार ३०४, जुलाईमा ४४ हजार ४६२, जुनमा ४६ हजार ९५७, मेमा ५३ हजार ६०८, अप्रिलमा ६१ हजार ५८९ जना पर्यटकको आगमन भएको थियो । यस्तै, मार्चमा ४२ हजार ६, फेब्रोअरीमा १९ हजार ७६६ र जनवरीमा १६ हजार ९७५ पर्यटक आएका छन् ।

धेरै पर्यटक आएका देश ?

सन् २०२२ मा पहिलोमा भारतबाट २ लाख ९ हजार, दोश्रोमा अमेरिकाबाट ७७ हजार, तेश्रोमा बेलायतबाट ४४ हजार, चौथोमा अष्ट्रिलियाबाट २६ हजार, वंगलादेशबाट २५ हजार पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

लयमा फर्किदै पर्यटन क्षेत्र

कोभिड–१९ को महामारिका कारण सुस्ताएको पर्यटन क्षेत्र विस्तारै लयमा फर्किने क्रममा रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । कोभिड–१९ कारण विगत २ वर्ष देखि सुस्ताएको पर्यटन क्षेत्रमा आगमन वृद्धि केही महिना सुधार उन्मुख भएपनि सिजनमा भने अपेक्षकृत रुपमा पर्यटक आगमनदरमा सुधार नभएपनि वर्षको अन्त्यमा भने सुधार उन्मुख रहेको देखिन्छ ।

नेपाल भ्रमणको लागि आउने पर्यटकमा भारतीय हिस्सा सबैभन्दा बढी छ । हवाई मार्गबाट मात्र आएको पर्यटकको संख्या भएकाले गर्दा भारतीय पर्यटकको आगमनदर संख्यामा कम देखिएको बोर्डले जनाएको छ ।

समग्रमा सन् २०१९ मा भने ११ लाख ९७ हजार पर्यटक आएकोमा कोभिड–१९का कारण पर्यटक आगमनमा कमी हुदाँ सन् २०२० मा २ लाख ३० हजार र सन् २०२१ मा १ लाख ५० हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए ।


Read Previous

चीनले बनायो साढे ७ करोड नागरिकको विद्युत माग धान्ने एउटै जलविद्युत आयोजना

Read Next

साना नेपाली उद्यमीको व्यापार क्षमता बढाउन इयुको सहयोग

Leave a Reply

Your email address will not be published.