Nepal Purbadhar

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024

शुक्रबार, मंसिर ७, २०८१
Friday, November 22, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको तोकियो मापदण्ड


काठमाडौं । कुनै अध्ययन नै नगरेर योजना छनोट गर्ने र त्यसमा थोरै बजेट राख्दै समयमात्र व्यतित गर्ने प्रणालीको अन्त्यका लागि सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड तोकेको छ ।

राष्ट्रिय योजना आयोगले निर्धारण गरेको ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने मापदण्ड– २०७९’ तय गरेर कार्यान्वयनमा ल्याएको छ । मापदण्डअनुसार राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना हुन केही न्यूनतम मापदण्ड तय गरिएको हुनुपर्छ ।

त्यसमा विस्तृत आयोजना प्रतिवेदन तयार भएको, स्रोत लगानी सुनिश्चितताको प्रमाण भएको, चालु आवधिक योजनाले राष्ट्रिय प्राथमिकता निर्धारण गरेको क्षेत्रभित्र परेको र आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत भएको पत्र र सम्बन्धित मन्त्रालयको सचिवस्तरीय निर्णय भएको हुनुपर्नेछ ।

राष्ट्रिय योजना आयोगले हरेक वर्ष स्वीकृत गर्ने मध्यमकालीन खर्च संरचना तथा वार्षिक विकास कार्यक्रममा पहिलो प्राथमिकता र दोस्रो प्राथमिकताका आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना रहेको व्योहोरा वन तथा वातावरण मन्त्रालयलगायत सबै मन्त्रालयलाई जानकारी गराउनुपर्नेछ ।

वार्षिक विकास कार्यक्रममा उल्लेखित पहिलो प्राथमिकता र दोस्रो प्राथमिकता आयोजनाबाहेकका राष्ट्रिय आयोजना बैंकमा सूचीकृत भई विश्लेषण भएका आयोजनाका हकमा विषय क्षेत्र हेर्ने राष्ट्रिय योजना आयोगका सदस्यको सिफारिसमा आयोगले आवश्यकताका आधारमा राष्ट्रिय प्राथमिकता भए/नभएको निर्धारण गर्नेछ ।

मापदण्डअनुसार प्रादेशिक प्राथमिकतामा रहेको आयोजनालाई राष्ट्रिय प्राथमिकता भएको नभएको निर्धारण गर्नुपर्ने भएमा सम्बन्धित प्रदेश मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयको निर्णयसहित सिफारिस भएमा राष्ट्रिय योजना आयोगको सम्बद्ध क्षेत्र हेर्ने सदस्यको सिफारिस आवश्यक पर्नेछ ।

स्थानीय तहको प्राथमिकतामा रहेका आयोजनालाई राष्ट्रिय प्राथमिकता भए नभएको निर्धारण गर्नुपर्ने भए सम्बन्धित स्थानीय तहको गाउँ नगरसभाबाट स्वकिृत भएका र सोही तहले सिफारिस गरेपश्चात् सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्राप्त भएमा आयोगको सम्बद्ध विषय हेर्ने सदस्यको सिफारिसमा आयोगले राष्ट्रिय प्राथमिकता भए÷नभएको निर्धारण गर्नेछ ।

गैरसरकारी क्षेत्र वा सामाजिक विकासका लागि समुदायबाट सञ्चालन गर्ने १० करोड रुपैयाँभन्दा बढी लागतका आयोजनाका हकमा आयोजना सञ्चालन गर्ने स्थानीय तहको कार्यपालिकाबाट निर्णय भएको हुनुपर्नेछ ।

त्यसलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत प्राप्त भएका आयोगको सम्बद्ध क्षेत्र हेर्ने सदस्यको सिफारिशमा आयोगले राष्ट्रिय प्राथमिकता भए/नभएको निर्धारण गर्नेछ ।

वन क्षेत्र प्रयोग गर्न स्वीकृति माग भएका खण्डमा उद्योग, वाणिज्य तथा आपूर्ति मनत्रालयको सिफारिसका आधारमा वन तथा वातावरण मन्त्रालयले स्वीकृति दिनुपर्नेछ ।


Read Previous

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पुस १५ देखि लागु हुँदै,भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने

Read Next

सिंहदरबार परिसरभित्र उच्च क्षमताका चार्जिङ स्टेसन निर्माण गरिने  

Leave a Reply

Your email address will not be published. Required fields are marked *