Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पुस १५ देखि लागु हुँदै,भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने


काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणले आगामी पुस १५ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) कार्यान्वयनमा ल्याउने भएको छ । विदेशबाट हुने माेबाइल फाेनकाे गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोग निरुत्साहित गर्न डिभाइस म्यानेजमेन्ट सिस्टम लागु गर्न लागिएकाे हाे ।

मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहीत गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गर्न  मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम कार्यान्वयन गर्न लागेकाे प्राधिकरणले जनाएकाे छ । प्राधिकरणका अनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागु भएपछि विदेशबाट आयात गरिएका माेबाइल फाेन एमडिएमएस प्रणालीमा दर्ता नगरी चल्ने छैनन् ।

प्राधिकरणले विदेशबाट आउने नेपालीले निजी प्रयोगका लागी आफ्नो साथमा ल्यएका ( एमडिएमएस प्रणलीमा दर्ता नभएका वा नेपालमा २०८९ भाद्र भन्दा अगाडि प्रयोगमा नआएका) मोबाइल सेटहरूको (१५ डिजिट आइएमइआई नम्बर सहितको) भन्सार घोषणा गरी भन्सार ऐन, २०६४ अनुसार भन्सार कार्यलयबाट प्रज्ञापनपत्र लिई प्रणलीमा अद्यावधिक गर्न सूचित समेत गरेको छ ।

साथै, भन्सारमा दर्ता नभएका मोबाइल फोन सेट पौष १५ गतेदेखि दर्ता नगर्ने र यस्ता मोबाइल सेट सञ्चालनमा समेत रोक लगाइने भएको छ । प्राधिकरणले व्यक्तिगत वा निज प्रयोजना लागी ल्याइएका मोबाइल सेटको हकमा भने प्रज्ञापनपत्र सहित राहदानि नागरिकता राष्ट्रिय परिचयपत्रको आधारमा mdms.nta.gov.np मा गई दर्ता गर्न आह्वान गरेको छ ।

नेपाल भित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दुरसञ्चार प्राधिकरणको (एमडिएमएस) mdms.nta.gov.np प्रणालीमा दर्ता भएको या नभएको एकिन गर्न सकिने हुँदा सोही अनुरुप एकिन गरेर मात्रै खरिद गर्न ग्राहक वर्गमा प्राधिकरणले आग्रह गरेकाे छ ।

प्राधिकरणले मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न समेत सूचित गरेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले गत भदौ ३० गते नै अवैध रूपमा आयात भएका मोबाइल फोनमा प्रतिबन्ध लगाएको थियो ।


Read Previous

उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० उद्यान निर्माण गरिने   

Read Next

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको तोकियो मापदण्ड

Leave a Reply

Your email address will not be published.