Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० उद्यान निर्माण गरिने   


काठमाडाैं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाकाे विपद व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि १० स्थानमा उद्यान निर्माण गर्ने भएको छ । वर्षेनी बढ्दाे प्राकृतिक विपद एवं जलवायु परिवर्तनकाे असर न्युनीकरण गर्ने उद्देश्यले उपत्यकाका विभिन्न स्थानमा उद्यान निर्माण गर्न लागिएकाे हाे ।

विपद व्यवस्थापन र जलवायु अनुकूलनका लागि यी उद्यान निर्माण गर्न लागिएको प्राधिकरणका सूचना अधिकारी एवं इञ्जिनीयर सौरब ढकालले जानकारी दिए । उनका अनुसार प्राधिकरणले शङ्खरापुर नगरपालिकामा शाली नदी उद्यान, नागार्जुन नगरपालिकामा घटालबाबा मन्दिर उद्यान, कागेश्वरी मनोहरा नगरपालिकामा कागेश्वरी र नवतनधाम उद्यान, कीर्तिपुर नगरपालिकामा चम्पादेवी उद्यान निर्माण गर्न गरिनेछ ।

यसैगरी, ललितपुर महानगरापालिकामा ३ उद्यान निर्माण गरिने भएको छ । महानगरपालिकाको १३ नम्बर वडामा मच्छेन्द्र उद्यान, वडा नम्बर २१ मा पञ्चोद्यान, वडा नं २७ मा बालकुमारी उद्यान निर्माण गरिने उनले बताए । महानगरपालिकाकै वडा नम्बर २५ सैंबु भैँसेपाटीमा रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गर्न लागिएको छ ।

ललितपुरकाे महालक्ष्मी नगरपालिका-८ ढुङ्गेटोलस्थित लुभू माध्यमिक विद्यालयपछाडि रहेको सार्वजनिक जग्गा संरक्षण गरी उद्यान निर्माण गरिने भएको छ । उद्यान निर्माण कार्यक्रमअन्तर्गत भक्तपुरका विभिन्न स्थानमा रहेको सार्वजनिक जग्गा संंरक्षण गरी हरियाली प्रवर्द्धन गरिने ढकालले बताए ।

भक्तपुरका स्थानीय तहसँगको सहकार्यमा सार्वजनिक जग्गा संरक्षण गरी ती स्थानमा उद्यान निर्माण गर्न लागिएको हो । तीनै जिल्लामा उद्यान निर्माणका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएकाे छ ।


Read Previous

६ वर्षमा ३५ हजार मात्रै इम्बोस्ड नम्बर प्लेट जडान

Read Next

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम पुस १५ देखि लागु हुँदै,भन्सारमा दर्ता नभएका मोबाइल फोन नचल्ने

Leave a Reply

Your email address will not be published.