Nepal Purbadhar

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024

सोमवार, बैशाख २४, २०८१
Monday, May 6, 2024
२ महिनादेखि गण्डक जलविद्युत केन्द्रकाे विद्युत् उत्पादन ठप्प, दैनिक ८ लाख नाेक्सानी पोखरा-सेतीवेणी-रिडी सडकको ट्रयाक खुल्यो    १० महिनादेखि शेयर निष्काषन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित मुग्लिन-पोखरा सडक : क्षतिपूर्ति लिएर घरटहरा भत्काउन ढिलाइ   शुक्रबारसम्म काठमाडौंका ३ वितरण केन्द्रकाे फिडरकाे विद्युत सेवा अवरुद्ध हुने    ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी   

एनआइबिएल एस क्यापिटल र एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर


काठमाडौं । नेपालको लगानी बैंक एनआइबिएल एस क्यापिटल र दुगड हेल्थ केयर अन्तर्गतको एचएमडिएल बिच लगानी सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा एनआइबिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थ बहादुर पाण्डे र एचएमडिएलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगडले हस्ताक्षर गरे ।

भारतको सबैभन्दा ठुलो सल्ट टु सफ्टवेयर कम्पनी टाटा ग्रुपको पूर्ण स्वामित्वमा रहेको कम्पनी टाटा मेडिकल एन्ड डायग्नोस्टिक्स् सँगको सहकार्यमा एचएमडिएल मेडिकल उपकरण रिएजेन्ट्सहरु उत्पादन र बजारीकरण गर्छ । यसले फार्मास्युटिकल ड्रग्स एवम औषधी लगायतका सामानहरु पनि विकास गर्ने, उत्पादन गर्ने र बजारीकरण गर्ने मेडिकल टेक र डायग्नोस्टिक क्षेत्रको अग्रणी कम्पनी हो ।

सन् २०२१ मा स्थापना भएको एचएमडिएलले उक्त समयमा टाटा मेडिकल एन्ड डायग्नोस्टिक्सद्वारा उत्पादित पिसिआर किट्सहरु आयात गरेर नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।

यसको साथै एचएमडिएलले टाटाद्वारा निर्मित नेपालको पहाडी क्षेत्रका अति नै दुर्गम क्षेत्रहरूमा पनि पुग्न सक्ने मोबाइल डाइग्नोस्टिक भ्यान पनि ल्याएको छ ।

कम्पनीले टाटासँग सहकार्य गरेर नेपाल भरी हाइटेक फ्युचरिस्टिक डायग्नोस्टिक केन्द्रहरु स्थापना गरी विभिन्न उत्पादन र सुबिधाहरु प्रदान गर्ने योजना बनाएको छ ।

साथै सर्वसाधारणलाई सुलभ मुल्यमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यको साथ कम्पनीले नेपालभर सम्पूर्ण सुविधासम्पन्न डायग्नोस्टिक तथा रिएजेन्ट्स उत्पादन केन्द्रहरु स्थापना गरेर सञ्चालन गर्ने जनाएको छ ।


Read Previous

एमसीसी अनुदानकाे प्रसारण लाइन परियोजना कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय ठेक्का आह्वान

Read Next

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि तयार

Leave a Reply

Your email address will not be published.