Nepal Purbadhar

सोमवार, अशोज १७, २०७९
Monday, October 3, 2022

सोमवार, अशोज १७, २०७९
Monday, October 3, 2022

ऊर्जा सुरक्षामा नेपाल उच्च जोखिममा, बिजुली व्यापारमा सर्ट टर्म बजार आत्मघाती


काठमाडौ । नेपाल इनर्जी आउटलुक २०२२ ले नेपाल ऊर्जा सुरक्षामा उच्च जोखिममा रहेको जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान, काठमाडौ विश्वविद्यालय, नीति फाउण्डेसन र नेपाल इनर्जी फाउण्डेसनले सार्वजनिक गरेको आउटलुकले विश्वका १२७ राष्ट्रमध्ये नेपाल उच्च जोखिममा रहेको जनाएको हो । चारै निकायले आइतबार आयोजना गरेको कार्यक्रममा इन्जिनियरिङ अध्ययन संस्थान ऊर्जा केन्द्रका निर्देशक प्राडा त्रिरत्न ब्रजाचार्य, काठमाडौ विश्वविद्यालयका डा. ब्रजेश अधिकारी लगायतले सो आइटलुकको विमोचन गरेका थिए ।

कोअर्थर एवं काठमाडौ विश्वविद्यालय, स्कूल अफ इन्जिनियरिङका डा. नवराज सञ्जेलले ऊर्जा सुरक्षाको दृष्टिकोणले हेर्दा नेपाल लेबवानपछिको दुई नम्बर्मा रहेको जानकारी दिए । ‘इन्धन शत प्रतिहन आयात निर्भर छ, जलविद्युतमा पनि ऊर्जा मिश्रित हुन सकेको छैन, इनजी भण्डारण क्षमता पनि कमजोर छ ।’–कार्यपत्र प्रश्तुत गर्दै उनले भने ।

को–अर्थर एवं इनर्जी फाउण्डेस नेपालका शेरसिंह भाटले ऊर्जामा उल्टो बाटोमा हिड्नुपर्ने अर्थात खाना पकाउन र सवारी साधनका लागि बिजुलीमार्फत हाइड्रोजन उत्पादन गर्नुपर्ने बताए । उनले दीर्घकालीन ऊर्जा माग र उत्पादनको प्रक्षेपण हुनुपर्ने बताउँदै छोटो (सर्टटम ) बजारमा बिजुली बेच्दा नेपालका लागि आत्मघाती हु्न सक्ने बताए । ‘३/४ हजार मेगावाट बिजुली सर्टटर्म बजारमा बेच्दा धेरै घाटा हुन्छ, कहिले त ५० पैसामा पनि बेच्नुपर्ने अवस्था आउन सक्छ ।’–उनले भने–‘दीर्घकालीन बजारमा नगई सुख छैन, सर्ट टर्म बजारमा तत्कालीन खेर जाने बिजुली उपयोगमा मात्र केन्द्रित हुँदा यो नेपालका लागि सुसाईटको बाटो हुन सक्छ ।’

को अर्थर एवं नीति फाउण्डेसनका मोहनदास मानन्धरले पहिलो पाँच बर्ष सकिएपछि स्थानीय सरकारले उत्पादनमुखी अर्थतन्त्रलाई जोड दिन लागेकोले यसले ऊर्जा खपत वृद्धिमा सहयोग पुर्याउने बताए । अहिले खानेपानी र सिञ्चाईमा ऊर्जाको उपयोग बढ्न थालेको पनि उनले बताए ।

को अर्थर एवं इन्जिनियरिङ अध्ययन संस्थाकनै डा. अञ्जु शर्माले आउटलुकले नेपालको ऊर्जा षेत्रमा अहिलेको अवस्थालाई चित्रण गरेको बताइन ।

विद्युत नियमन आयोगका सचिव गोकर्णराज पन्थले दीर्घकालीन ऊर्जा रणनीति निर्माण गरी यसकै आधारमा ऊर्जा उत्पादन हुनुपर्ने बताए । नेपालमा दीर्घकालीन रुपमा ऊर्जा उत्पादन, खपत र वितरणबारे अध्ययन अनुसन्धान आवश्यक रहेको बताए ।

नेपाल आयल निगमका उपनिर्देशक भरत रेग्मीले जति इन्धन आयात घटाए, त्यतिनै आयल निगमलाई फाइदा हुने बताउँदै अहिले तुरुन्तै इन्धन आयात घट्ने अवस्था नदेखिएको बताए । झण्डै ७० प्रतिशत रहेको परम्परागत ऊर्जाबाट आधुनिक ऊर्जा (ग्याँस, इन्धन) मा जानुपर्ने अवस्था रहेको बताउँदै गाउँमा परम्परागत ऊर्जाबाट आधुनिक इन्धन ऊर्जा तथा सहरमा आधुनिक ऊर्जाबाट नवीकरणीय ऊर्जा उत्पादनतर्फ केन्द्रित हुने गरी योजना बनाउन्ुपर्ने बताए ।

काठमाडौ विश्वविद्यालयका डा. बिज्रेश अधिकारीले बिजुली फाल्नुभन्दा हाइड्रोजन उत्पादन गरेर यसको उपयोग गर्नुपर्ने वताए । आयल निगम बढी बेच्दा बढी घाटामा र विद्युत प्राधिकरण खेर गएर घाटामा जानुपर्ने अवस्था रहेको बताउँदै उनले काठमाण्डौ विश्वविद्यालय ऊर्जाको अकित्तम उपयोगका लागि हाइड्रोजनबारे अध्ययन अनुन्धान अघि बढाएको बताए ।

ऊर्जा केन्द्रका निर्देशक प्राडा त्रिरत्न ब्रजाचार्यले ऊर्जाको आवश्यकता, यसको खपत वृद्धि तथा यसको उच्चत्तम उपयोगमा सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए ।

विज्ञ डा.रामप्रसाद धितालले ऊर्जा निर्माणमा देखिएको जोखिमको बाँडफाँड कसरी सरकारी र निजी क्षेत्रले लिने भन्ने टुंगो लाग्नुपर्ने बताए । इन्जिनियरिङ अध्ययन संस्थानका सहायक प्राध्यापक श्रीराज शाक्यले ऊर्जा आउटलुकमा भविष्यको समेत प्रक्षेपण समावेश गर्नु जरुरी रहेको बताए ।


Read Previous

कानुनले शक्तिशाली लगानी बोर्ड व्यवहारमा निरीह

Read Next

राष्ट्रिय राजमार्ग र पुल निर्माण आयोजना कार्यान्वयमा देखिएका १२ समस्या

Leave a Reply

Your email address will not be published.