Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

बुटवलमा निर्माणाधीन लुम्बिनी केबलकार माघदेखि सञ्चालनमा आउने


काठमाडौं । रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका बमघाटदेखि पाल्पा जिल्लाको तिनाहूँ गाउँपालिका बसन्तपुर डाँडासम्म पुग्ने निर्माणाधिन लुम्बिनी केबलकार आगामी माघ महिनादेखि सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी केबलकारका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकारको निर्माण आगामी पुसभित्र सम्पन्न हुने र माघ १ गतेदेखि सञ्चालनमा आउने बताए । हालै सम्पन्न कम्पनीको विशेष साधारणसभामा प्रगति प्रतिवेदन प्रस्तुतिको क्रममा ढकालले उक्त जानकारी दिएका हुन ।

करिब तीन किलोमिटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । ‘केवलकारको तल्लो स्टेशनसम्म पुग्ने करिब ४०० मिटर पहँुचमार्गको निर्माण कार्य सम्पन्न भएको छ’ उनले भने ।

तल्लो स्टेशनको सव–इस्ट्रक्चरको निर्माण कार्य करिव सम्पन्न भई सुपर स्ट्रक्चरको कार्य र साईट डेभलपमेन्टको काम अगाडी बढिरहेको छ । ९ वटा टावरमध्ये ८ वटा टावरको सिभिल निर्माण कार्य सम्पन्न भइसकेको छ भने बाँकी टावरको कार्य अगाडी बढिरहेको उनले बताए ।

अध्यक्ष ढकालले माथिल्लो स्टेशनमा सव–इस्ट्रक्चरको कार्य अन्तिम चरणमा रहेको र केबलकारको उपकरण तथा पार्टपुर्जाहरुको आयात गर्ने काम अगाडि बढेको बताए । त्यसैगरी, माथिल्लो स्टेशनमा रहेको मन्दिरक्षेत्रको निर्माण कार्य पनि केबलकार परियोजना सँगसँगै सम्पन्न गर्नुपर्नेछ ।

हाल कार्यरत निर्माण कम्पनीलाई नै पुरानै सर्त बमोजिम कार्य प्रारम्भ गर्न निर्देशन दिइएको छ । ढकालले माथिल्लो स्टेशनमा प्रस्तावित होटललाई अन्तराष्ट्रिय चेन–होटलसँग आबद्ध गराउन अन्तर्राष्ट्रिय परामर्शदाताहरुसँग छलफल भइरहेको जानकारी समेत दिए ।

केबलकारको १ फागुन २०७७ मा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।


Read Previous

माथिल्लो मैलुङ खोला ८५ प्रतिशत पूरा,मंसिरमा परीक्षणको लक्ष्य

Read Next

२ वर्षभित्र माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन र पीएसए

Leave a Reply

Your email address will not be published.