Nepal Purbadhar

शनिबार, अशोज १५, २०७९
Saturday, October 1, 2022

शनिबार, अशोज १५, २०७९
Saturday, October 1, 2022

भट्टीदेखि सपिङमलसम्म क्यूआर कोड पेमेन्ट, एक महिनामै १० अर्ब बढीकाे काराेबार


काठमाडौं । कोटेश्वरका शिशिर पोख्रेलको गोजीमा २ वर्ष अघिसम्म नगद रुपैयाँ कहिल्यै टुट्दैन्थ्यौं । काठमाडौं जस्तो सहरमा पाइला–पाइलामा पैसा खर्च हुने भएकाले पनि साथमा पैसा बोकेर नै हिड्थे उनी । तर,अहिले पोख्रेल नगद पैसा होइन्, स्मार्ट फोन मात्रै बोकेर सपिङ गर्न पुग्ने  गरेका छन् । ‘दुई वर्ष अघिसम्म त गोजीमा पैसा नबोकी सुखै थिएन,’ उनले भने‘अहिले त प्रविधिकाे विकासले १ क्लिककै भरमा पैसा तिर्न सकिने भएको छ ।’

पछिल्लो समय संघीय राजधानी सहर काठमाडौं भक्तपुर, ललितपुरसहित उपत्यकाका चियापसल, तरकारी पसल, किराना पसलदेखि ठूला–ठूला सपिङ मलमा मात्रै होइन, सामान्य खालका भट्टीपसलमा समेत क्युआरकोड अर्थात (क्विक रेस्पोन्स पेमेन्ट) सेवाले धेरै पैसा तिर्न सहजता ल्याएको छ ।

डिजिटल कारोबार बढ्दै गएसँगै कुनै पनि ठाउँमा जाँदा नगदै बोकेर हिड्नुपर्ने बाध्यात्मक अवस्थाको क्रमश अन्त्य हुँदै गइरहेको छ । क्यूआर कोडबाट रकम भुक्तानी गर्दै आइरहेका पोख्रेल क्यूआर पेमेन्टले बैंकमा नै पुगेर रकम झिक्नुपर्ने झन्झटको मात्रै होइन, समयको पनि धेरै बचत भएको अनुभव सुनाउँछन् ।

‘अहिले बैंकमै पुगेर एउटा चेक साँट्नकै लागि २ घण्टाभन्दा धेरै समय पर्खिनुपर्ने बाध्यता छ,’ उनने भने‘क्यूआर कोडमार्फत भुक्तानी १ क्लिककै भरमा गर्न सकिन्छ । यसरी पेमेन्ट गर्न बैंक खातामा नगद जम्मा भएकाे हुनु पर्ने हुन्छ ।’

कोटेश्वरका पोख्रेल मात्रै होइन, अहिले राजधानी सहर काठमाडौंका अधिकाशं सेवाग्राहीले तरकारी किन्नेदेखि, दुध दही किन्ने सम्मका ग्राहकले विद्युतीय भुक्तानी गर्दै आइराखेका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्यालले कोभिड–१९ का कारण इ–कमर्श र अनलाइन डेलिभरी सेवा निकै फस्टाउँदै आइरहेको बताउँछन् ।

‘अहिले त तरकारी पसलदेखि ठूला–ठूला सपिङमलसम्म सबै ठाउँमा अनलाइन पेमेन्टबाट नै बस्तु तथा सेवा खरिद गर्न पाइने व्यवस्था भएको छ,’ उनले भने, ‘पछिल्लो समय क्यूआर कोडमार्फत भुक्तानी प्रणाली नहुने व्यवसायको व्यापार पनि घट्दै आइरहेको छ । अबको समय नै डिजिटल प्रविधिको हो ।’ सचिव अर्याल डिजिटल कारोबार गर्दा आवश्यक सतर्कता भने ग्राहकले अपनाउनुपर्नेमा जाेड दिन्छन् ।

नेपाल राष्ट्र बैंकले हालसालै सार्वजनिक गरेको मासिक तथ्यांकले पनि क्यूआर कोड मार्फत भुक्तानी गर्ने रकम तथा संख्या दुवै बढेको देखाउँछ । राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार क्यूआर कोडमार्फत गत बैशाख महिनामा मात्रै १० अर्ब १९ करोड १० लाख रुपैयाँको भुक्तानी भएको छ । जबकी १ वर्ष अघि अर्थात २०७८ सालको वैशाख महिनामा भने २ अर्ब ५२ करोड ९० लाख रुपैयाँको मात्रै भुक्तानी भएको थियो ।

२०७८ सालको बैशाख महिनामा क्यूआर कोडमार्फत ६ लाख ७२ हजार वटा कारोवार भएको थियो । तर,अहिले कारोवार संख्या बढेर ३० लाख ७१ हजार ८ सय ४३ वटा पुगेको छ । चैत महिनामा क्यूआर कोडमार्फत ८ अर्ब ९२ करोड, फागुन महिनामा ७ अर्ब ७६ करोड, माघ महिनामा ६ अर्ब ८९ करोेड, पुस महिनामा ६ अर्ब ५२ करोड, मंसिर महिनामा ६ अर्ब २८ करोड, कार्तिक महिनामा ५ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएको राष्ट्रबैंकको मासिक तथ्यांकमा उल्लेख छ ।

त्यसैगरी असोज महिनामा ६ अर्ब ९ करोड, भदौं महिनामा ५ अर्ब ८५ करोड, साउन महिनामा ५ अर्ब ५ करोड, असार महिनामा तीन अर्ब ६५ करोड, जेठ महिनामा एक अर्ब ९६ करोड रुपैयाँ र वैशाख महिनामा २ अर्ब ५२ करोड रुपैयाँ क्यूआर कोडमार्फत भुक्तानी भएको थियो । राष्ट्र बैंकका अनुसार २०७९ बैशाख महिनामा क्यूआर कोडमार्फत ३० लाख ७१ हजार ८ सय २३ वटा कारोबार भएको थियो ।

चैत महिनामा २७ लाख २३ हजार ५ सय ८६, फागुन महिनामा २३ लाख ७ हजार ९ सय ४, माघ महिनामा १७ लाख ८२ हजार ३ सय ६३ ,पुस महिनामा १९ लाख १८ हजार ५ सय २६ कारोबार भएको थियो । त्यसैगरी मंसिर महिनामा १६ लाख ४९ हजार ३ सय ९७, कार्तिक महिनामा १३ लाख ८७ हजार ५ सय ८४ वटा कारोवार भएको थियो । असोज महिनामा १५ लाख १५ हजार ३ सय ३९ कारोवार भएको थियो ।

भदौं महिनामा १५ लाख ७७ हजार ५ सय ६१,साउन महिनामा १२ लाख ९३ हजार ३ सय ४९,असार महिनामा ८ लाख ५५हजार ५ सय ६६,जेठ महिनामा ५ लाख २ हजार ६ सय ६६, बैशाख महिनामा ६ लाख ७२ हजार ६ सय ८९ पटक कारोबार भएको थियो ।

यद्यपी सबै ठाउँमा इन्टरनेटको उपलब्धता नहुँदा  क्यूआर कोडमार्फत पेमेन्ट गर्ने प्रविधि सबै नागरिकले उपयाेग गर्न पाएका छैनन् । ठूला सहरमै पनि क्यूआर कोडबाट पेमेन्ट लिने सबै पसलहरूमा इन्टरनेटकाे सुविधा ग्राहकले नपाउँदा याे प्रविधिकाे उपयाेग सबैले गर्न सकिरहेका छैनन् । क्यूआर कोडमार्फत भुक्तानी लिने पसलले सेवाग्राहीको लागी इन्टरनेटको पनि सहज उपलब्धता गराएको खण्डमा यो अझै फस्टाएर जाने थियो ।


Read Previous

काठमाडौं विश्वविद्यालयमा इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय डिग्री कार्यक्रम सुरु

Read Next

तल्लो अरुणमा भोजपुरबासीलाई पनि लगानीको अवसर दिन माग

Leave a Reply

Your email address will not be published.