Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

काठमाडौं विश्वविद्यालयमा इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय डिग्री कार्यक्रम सुरु


काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयु) ले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटीएम) सँग संयुक्त रूपमा डिग्री प्रदान गरिने इनर्जी सिस्टम्समा अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रम सुरु गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केयु र आईआईटीएमबीच भएको प्राज्ञिक गतिविधिमा सहकार्य गर्ने समझदारी पत्र एवं सम्झौता अनुरुपनै अन्तर्राष्ट्रिय स्नातकोत्तर कार्यक्रम सुरु भएको हो । केयुले विद्यार्थी भर्नाको पहिलो ब्याचको लागि आवेदन समेत आव्हान गरिएको विश्वविद्यालयका एसोसिएट प्रोफेसर विराजसिंह थापाले दिए । उक्त कार्यक्रम काठमाडौँ विश्वविद्यालयको इतिहासमा पहिलोपटक हुन गइरहेको र सो कार्यक्रमका लागि आफू उत्साहित रहेको जानकारी पनि उनको भनाई थियो ।

सन् १६ मे २०२२ का दिन स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालय, धुलिखेल, नेपाल र इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास, भारतद्वारा यी दुई संस्थाबीच सन् २० जुलाई १९९८ मा हस्ताक्षर गरिएको समझदारी पत्रको नवीकरणको रूपमा एक समझदारी पत्रमा हस्ताक्षर गरिएको थियो ।

लुम्बिनीमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा उक्त समझदारी पत्र हस्ताक्षर समारोह सम्पन्न भएको थियो । उक्त समझदारी पत्रले यी दुई संस्थाबीच शिक्षक तथा विद्यार्थी आदानप्रदान, अध्यापन, अनुसन्धान, विकास, परामर्श, अध्ययन, शैक्षिक सामग्री र प्रकाशनको आदानप्रदान र सांस्कृतिक तथा बौद्धिक सम्वृद्धिका अवसरहरूको आधार तयार गरेको छ ।

केयु र आईआईटीमद्वारा संयुक्त रुपमा सञ्चालन गरिने दुईवर्षे उक्त कार्यक्रमको मूल उद्देश्य विद्यार्थीहरुलाई उर्जाका विभिन्न क्षेत्रमा रहेका आधारभूत सीपहरु उपलब्ध गराउनु रहेको र सफलतापूर्वक उक्त कार्यक्रम पूरा गर्ने विद्यार्थीहरुलाई यी दुवै विशिष्टिकृत संस्थाको लोगो अंकित शैक्षिक प्रमाण पत्र र ट्रान्सक्रिप्टद्वारा दिक्षित गरिने जानकारी विश्वविद्यालयका एसोसिएट प्रोफेसर थापाले दिए ।

उक्त कार्यक्रमले दुवै विशिष्टिकृत संस्थाका एरोनटिकल, एप्लाइड मेकानिक्स, केमिकल, सिभिल, इलेक्ट्रिकल, मेकानिकल, वातावरण, मेटलर्जिकल, मटेरियल इन्जिनियरिङ्, ओशन इन्जिनियरिङ, रसायन विज्ञान, भौतिक विज्ञान, मानविकी, र सामाजिक विभागहरूका विशेषज्ञतालाई एकीकृत गरी उर्जा, प्रविधी र समाजका विभिन्न बहुआयामिक पक्षहरुमा टेवा पुर्याउनेछ ।

उक्त कार्यक्रमको शैक्षिक सत्र २५ जुलाई २०२२ बाट सुरु हुनेछ र सो अनुरुप पहिलो र दोस्रो सेमेस्टर काठमाडौं विश्वविद्यालयमा सञ्चालन हुनेछन् र पठनपाठन का गतिविधी भने दुबै शिक्षण संस्थाहरुद्वारा हाइब्रिड मोडमा गरिनेछ, साथै पछिल्ला सेमेस्टरका पठनपाठन तथा प्रयोगशालाका कार्यहरु आईआईटीएममा सञ्चालन हुनेछन् ।


Read Previous

आइसिटी अवार्ड २०२२’ को ११ विधामा नोमिनेशनका लागि अनलाइन आवेदन सुरु

Read Next

भट्टीदेखि सपिङमलसम्म क्यूआर कोड पेमेन्ट, एक महिनामै १० अर्ब बढीकाे काराेबार

Leave a Reply

Your email address will not be published.