Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
पर्यटकको गन्तव्य बन्दै ‘कुमसोत’ भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

एउटा कोठाबाट सुरुवात भएको आइएमई लिमिटेड २२औं वर्षमा, ४० हजार बढीलाई रोजगारीको अवसर


काठमाडौं । आइएमई समूह अन्तर्गतको आइएमई लिमिटेडले स्थापना कालको २२औं वर्ष पूरा गरेको छ । २०५७ साल जेठ २९ गते स्थापना भएको आइएमई लिमिटेडले आइतबार २२औं वार्षिकोत्सव मनाएको हो ।

सबैभन्दा पहिले मलेसियाबाट रेमिट्यान्स सेवाको थालनी गरेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले बताए । उनले आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै सुरुवाती दिन धेरै चुनौतीपूर्ण रहेको स्मरण गरे ।

उनले आजको दिनसम्म आइपुग्दा आइएमई रेमिट्यान्सबाट नेपालमा २० खर्ब रुपैयाँ बढी रकम भित्र्याउन सफल भएको बताए । ‘हामीले आइएमईको रेमिट्यान्स सेवा सुरु गर्दा काम गर्ने, सुत्ने, खाने बस्ने सबै कामका लागि एउटै कोठा थियो,’उनले भने, ‘अहिले सबै जिल्लामा आइएमई रेमिट्यान्सका सेन्टरहरू सञ्चालन गरी नागरिकलाई सेवा दिन सक्ने भएका छौं ।’

उनले अहिले आइएमई समूह अन्तर्गतका विभिन्न संस्थामा ४० हजार बढी मानिसले प्रत्यक्ष रोजगारीको अवसर पाएको बताए । आगामी दिनमा थप रोजगारीको अवसर सिर्जना गर्दै जाने प्रतिबद्धता पनि उनले जनाए ।

उनले आगामी दिनमा वैदेशिक रोजगारीबाट नेपाल भित्रिने रकम उत्पादनमुलक क्षेत्रमा लगानी गर्न पूर्वाधार आयोजनाहरू निर्माण गरिनु पर्नेमा जोड दिए । आइएमई समूहले गैरआवासीय नेपालीको संलग्नतामा चन्द्रागिरि हिल्स र लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनामा लगानी गरेको उनको भनाइ थियो ।

भविश्यमा रेमिट्यान्सबाट भित्रिने रकम पूर्वाधारको क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता पनि ढकालले जनाए । पूर्वाधार आयोजनामा रेमिट्यान्सबाट आउने पैसा लगानी गर्न सकेमा देशभित्र रोजगारीको अवसर सृजना गर्न सकिने उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै माइग्रेन्ट वर्कर विज्ञ गणेश गुरुङले आइएमई मोडलको विश्व बैंकले अध्ययन गरिरहेको बताए । उनले आइएमई मोडल नेपालमा सफल देखिएकाले विश्व बैंकले अफ्रिकाका लागि अध्ययन गरिरहेको बताए ।

‘चन्द्र र हेम ढकाल जीले जोखिम मोलेरै भए पनि यो मोडलको सुरुवात गर्नुभएको थियो । अहिले उहाँहरूले सुरुवात गरेको मोडल सफल भइसकेको छ । अहिले पनि कूल रेमिट्यान्सको ३० प्रतिशत पैसा हुण्डीबाट आइरहेकाले त्यसलाई समेट प्रक्रिया पुर्याएर देशमा भित्र्याउन आइएमईले भूमिका खेल्नु पर्छ’ उनले भने ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुलप्रसाद आचार्यले विदेशी बैंकबाट अनलाइनमार्फत नेपालमा सहजै पैसा पठाउने व्यवस्था सरकारले गरिदिनु पर्ने बताए । आइएमईले आइतबार आयोजित २२औं वार्षिकोत्सवमा १० वर्ष कार्यावधि पूरा गरेका कर्मचारीलाई कदर स्वरुप सम्मान गरेको छ ।

आइएमईले असोक क्षेत्रीलाई १० हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति पनि प्रदान गरेको छ । दक्षिण कोरियाको जुन सुकै विश्व विद्यालयमा सूचना प्रविधि सम्बिन्धी इन्जिनियरिङ अध्ययनका लागि उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

यो छात्रवृत्ति हरेक वर्ष एक जना विद्यार्थीलाई प्रदान गरिँदै आएको छ । ३० वर्षअघि परिकल्पना गरिएको आइएमई लिमिटेड २०५७ सालमा स्थापना भएको हो । अहिले देशभरमा आइएमई मनी ट्रान्सफरका २३० बढी सेन्टर छन् । आइएमई समूह अन्तर्गत अहिले ग्लोबल आइएमई बैंक, आइएमई लघुवित्त, बीमा कम्पनीलगायत सञ्चालनमा छन् ।


Read Previous

रेमिट्यान्सबाट देशमा भित्रिने पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने समय आयाे: अर्थमन्त्री

Read Next

पारित भयो गण्डकी प्रदेशकाे नीति तथा कार्यक्रम, समृद्ध प्रदेश निर्माणमा सरकार केन्द्रित भएकाे मुख्यमन्त्रीकाे भनाइ

Leave a Reply

Your email address will not be published.