Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर समझदारी, ३४ अर्ब चुक्ता पुँजी भएको देशकै सबैभन्दा ठूलो बैंक बन्ने


काठमाडौं । आज (२७ जेठ शुक्रवार) नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालबीच एकआपसमा गाभ्न गाभिन (मर्जर) को लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वीबहादुर पांडे र मेगा बैंक नेपालको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले समझदारी पत्रमा हस्ताक्षर गरे । यससँगै दुइ बैंक मर्जरको लागि औपचारिक रूपमा कार्य शुभारम्भ भएको छ ।

बैकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नेछन् । साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मजरको लागि प्रेरित गर्ने अपेक्षा छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पांडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । त्यसैगरी मर्जरपछि बन्ने बैंकको नयाँ सञ्चालक समितिमा दुवै वैकको सञ्चालकहरुको प्रतिनिधित्व रहनेछ ।

अहिले नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३१ करोड तथा मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रहेको छ । दुवै बैंक एक भएपछि बैंकको चुक्ता पुँजी ३४ अर्ब ४३ करोड रुपैयाँ हुनेछ । यससँगै सवैभन्दा वढी चुक्ता पूँजी भएको बैंक बन्नेछ । मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सवल र ठूलो बैंक हुने दुवै पक्षेका विश्वास छ ।

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुककी एक सबल एवम सक्षम बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने अपेक्षा छ ।


Read Previous

नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन

Read Next

नयाँ टावरमा तार टाँग्न तीन विद्युत गृहको उत्पादन बन्द

Leave a Reply

Your email address will not be published.