Nepal Purbadhar

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

बिहिबार, माघ ३, २०८१
Thursday, January 16, 2025

नर्वेजियन राज्यमन्त्रीले गरिन काठमाडौ विश्वविद्यालयको टर्बाइन प्रयोगशाला अवलोकन


काठमाडौं । नर्वेकी अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री बर्ग स्याण्डसायरले काठमाडौ विश्वविद्यालयको बुधवार भ्रमण गरेकी छन् ।

नर्वेली टोलीले विश्वविद्यालयमा तयार गरिउको टर्बाइट टेस्टिङ ल्याब र नर्वेजियन प्राध्यापक इन्घे जोहालनेसेनको सम्मानमा निर्माण गरिएको ब्लकको अवलोकन गरेको छ । त्यसक्रममा राज्यमन्त्री बर्ग स्याण्डसायर काठमाडौ विश्वविद्यालयले गरिरहेको कामको प्रशंसा गरिन् ।

विकास राज्यमन्त्रीसँग विश्वविद्यालयको सिनेट हलमा छोटो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । स्कुल अफ इञ्जिनियरिङका डिन प्रा.डा. मनिश पोखरेलले स्वागत गरे ।

एशोसियट प्रा.डा विराजसिंह थापाले नर्वे र विश्वविद्यालयबीच अहिलेसम्म भएको सहकार्यबारे प्रस्तुति दिए । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा र रजिष्टार प्रा.डा सुबोध शर्माले नर्वेसँगको सहकार्यको महत्वबारे उल्लेख गरे ।

नर्वेजियन राजदुत टोरन ड्र्यामडल र टोलीका अन्य सदस्य पनि भ्रमणमा थिए । भ्रमण टोलीलाई काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.भोला थापाले स्वागत गरे ।

कार्यक्रममा विश्वविद्यालयका कर्मचारी, फ्याकल्टी मेम्बर्स, आयोजनाका प्रतिनिधीलगायतको उपस्थिति थियो । कार्यक्रमको आयोजना इनर्जाइज नेपालले गरेको हो ।


Read Previous

मध्यतमोर आयोजना ६६ प्रतिशत सकियो, एक महिनामा मुख्य सुरुङ छेडिने

Read Next

इन्भेष्टमेण्ट र मेगा बैंकबीच मर्जर समझदारी, ३४ अर्ब चुक्ता पुँजी भएको देशकै सबैभन्दा ठूलो बैंक बन्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *