Nepal Purbadhar

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023

आइतवार, अशोज १४, २०८०
Sunday, October 1, 2023
भारतको रियल टाइम मार्केटमा पहिलोपटक ४४ मेगावाट बिजुली बेच्दै नेपाल अर्थमन्त्रीले आफ्नै भूमिका नबुझ्दा एमसीसीमा निम्तियो समस्या, पुनः बोलपत्र र ‘रि–डिजाइन’ ले झन जोखिम बढ्ने एडीबीले आगामी दशकमा एसिया र प्रशान्त क्षेत्रमा १०० अर्ब अमेरिकी डलर लगानी गर्ने पूर्वाधार र कृषिमा सहकार्य गर्न जापान सकारात्मक विश्व बैंक र एडीबी सहायताका आयोजनाको प्रगतिबारे त्रिपक्षीय समिक्षा, आयोजना कार्यान्वयनलाई गति दिने प्रतिवद्धता ‘भूमिगत पानीको दिगो व्यवस्थापनका लागि कानून र राष्ट्रिय निकाय आवश्यक’ सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने ५२ मेगावाटको अपर लाप्चेखोला जलविद्युत आयोजनाको विस्तृत अध्ययनका लागि सम्झौता

भौतिक विकाससँगै वातावरण संरक्षणमा जिम्मेवार बनौंः खानेपानी मन्त्री


काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले भौतिक विकाससँगै वातावरणीय संरक्षणप्रति जिम्मेवारी हुनुपर्ने बताएका छन् । डिप्लोमा इञ्जिनियर्स एशोसिएशन, नेपाल (डिन) को ४२ औं वार्षिकी तथा विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले वातावरणको असरले असन्तुलन बढिरहेको बताए ।

पहाडी वस्ती पानीको कारण विस्तापित भइरहेको र तराईमा पानीको सतह घटिरहेको उल्लेख गरे । ‘यसको कारण अहिले तराई क्षेत्रमा आर्सेनिक पानी खानुपर्ने बाध्यता आइलागेको छ भने उपत्यका र पहाडी क्षेत्रमा पनि त्यस्तै समस्या देखिन थालेका छन्’ उनले भने । यति मात्र होइन, पहिलो १५ देखि २० फिट खन्दा पानी आउने ठाउँमा अहिले ५० फिट खन्दा पनि पानी नभेटिने समस्या देखिएको उल्लेख गरे ।

सरकारले नेपाललाई खुला दिशामुक्त घोषणा गरेको तर दीगोपनको लागि काम गर्नुपर्ने आवश्यकतामा मन्त्री चौधरीले जोड दिए । स्वच्छ वातावरणको लागि ‘वृक्षारोपन होइन, विरुवा हुर्काउ’ अभियान थाल्नुपर्ने बताए ।

डिनका अध्यक्ष कामेश्वर प्रसाद सिंहले विकास निर्माणमा समस्या आउनुमा बजेटको खर्च गर्ने परिपाटी जिम्मेवार रहेको बताए । ‘जेठपछि बजेट नपठाउने हो भने गुणस्तरमा सुधार आउँछ’ उनले भने ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. दिनेशचन्द देवकोटाले पूर्वाधार आयोजनाहरुमा तथ्यांक र प्रमाणमा आधारित प्राविधिक क्षेत्र हाबी हुन नसक्दा समस्या उठिरहेको बताए । विशेषगरी राजनीतिज्ञ र पछिल्लो समय पूर्वाधार आयोजनामा अदालतसमेत हावी हुन पुगेको छ’ उनले भने । यसले आयोजना समस्यामा पर्न थालेको र अझ वढ्दै जाने उनको भनाइ छ ।

कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका उपकुलपति सुनिलबाबु श्रेष्ठले पूर्वाधारसँगै प्रविधि र वातावरणलाई संयोजन गरेर अघि बढ्दा मात्र दीर्घकालसम्म जाने बताए । प्रा.डा. मुरली गोपाल रञ्जितकारले पृथ्वीको अनुकुलन हुनेगरी नीति निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा भौतिक पूर्वधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा, सिनियर स्ट्रक्चरल इञ्जिनियर जगदीश्वरमान श्रेष्ठ, खानेपानी मन्त्रालयका सहसचिव लक्ष्मी प्रसाद उपाध्याय र सहरी विकास मन्त्रालयकी सहसचिव सरिता मास्केले क्षेत्रगत प्रस्तुति दिएका थिए ।


Read Previous

पूर्वाधार परियोजनामा निफ्रा बैंकको ३४ अर्ब बढी लगानी, जलविद्युतमा मात्रै १८ अर्बको प्रतिबद्धता

Read Next

रुपान्तरणकारी आयोजना निर्माण गर्न दुई छिमेकीसँग समन्वय आवश्यक

Leave a Reply

Your email address will not be published.