Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

लुम्बिनीमा हुने विशेष समारोहमा दुवै देशका प्रधानमन्त्री सहभागी हुने


काठमाडाैं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार विहान लुम्बिनी भ्रमणमा आउदैछन् । गौतम वुद्धको जन्म, ज्ञान र महापरिनिर्माण प्राप्त गरेको वुद्ध पूर्णिमाको दिनमा उनको भ्रमण हुन लागेको हो ।

प्रधानमन्त्री मोदीले धेरै पहिलेदेखि लुम्बिनी भ्रमण गर्ने चाहाना व्यक्त गरे पनि जुरेको थिएन् । तर, पछिल्ला केही महिनादेखि दुवै देशका कुटनीतिक तहमा भएको तयारीपछि यो भ्रमण निश्चित गरिएको हो ।

परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुद्ध जयन्तीको दिन लुम्बिनीमा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासँगै मोदी सहभागी हुनेछन् । त्यस्तै, मायादेवी मन्दिरमा हुने प्राथनामा दुवै देशका प्रधानमन्त्री सहभागी हुनेछन् । लुम्बिनीको मोनास्टिक जोनमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन् । त्यस्तै, बुद्ध जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेछन ।

लुम्बिनी भ्रमणमा दुवै देशका प्रधानमन्त्रीबीच आपसी सहयोग र चासोको विषयमा दुईपक्षिय भेटवार्ता हुनेछ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदी र भ्रमण टोलीको सम्मानमा प्रधानमन्त्री देउवाले आयोजना गर्ने दिवाभोजमा सरिक हुनेछन । यो प्रधानमन्त्री मोदीको पाँचौ नेपाल भ्रमण हो ।

भारतीय प्रधानमन्त्रीको रुपमा लुम्बिनी भ्रमण गर्ने मोदी पहिलो हुन् । यसअघि कुनै पनि भारतीय प्रधानमन्त्रीले लुम्बिनी भ्रमण गरेका छैनन् । प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमणपछि गौतमबुद्धको जन्मस्थानको बारेमा उठ्ने गरेको भ्रमलाई स्पष्ट हुने नेपाली अधिकारीहरुको भनाइ छ ।

यसको साथै सोमबारदेखि औपचारिक उडान थालनी गरिने गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवद्र्धनमा पनि भ्रमणले सहयोग पुग्नेछ । यस विमानस्थलको नियमित उडानपछि अन्तर्राष्ट्रिय वौद्धमार्गी र लुम्बिनी भ्रमण गर्न चाहानेहरु सिधै लुम्बिनी पुग्ने बाटो खुलेको छ ।


Read Previous

न्यू बुटवल-गोरखपुर प्रसारण लाइनको प्रवर्द्धक कम्पनीमा लगानी गर्न प्राधिकरणलाई बल्ल स्वीकृति

Read Next

मानिसको सुख, सम्पन्नता र गाैरव पूर्वाधारसँग जोडिएको छः खड्गबहादुर विष्ट (अन्तर्वार्ता)

Leave a Reply

Your email address will not be published. Required fields are marked *